लेटाङलाई पराजित गर्दै एपिएफ पुर्वान्चल दोस्रो कुसुमे उद्यौली कपको सेमिफाइनलमा

  • २१ मंसिर २०७६, शनिबार

केराबारीमा जारी दोस्रो कुसुमे उद्यौली कप खुल्ला नकआउट फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल पूर्वाञ्चल (एपिएफ) सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिवार भएको दोस्रो दिनको खेलमा लेेटाङ फुटबल क्लबलाई  ४–२ गोलको अन्तरले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको  हो ।

लेटाङको तर्फबाट मनि राइले पहिलो हाफको ३ मिनेट र ७ मिनेटमा गोल गरेका थिए । पहिलो हाफको शुरूवाती चरणमा लेटाङको अग्रता भए पनि पहिलो हाफसम्ममा एपीएफले २ गोल  गर्दै खेललाई बराबरी गोल बनाााएको थियो ।  तर फलको कारण दुई पहेेंंलो कार्डसँगै रातो कार्ड पाउँदै मनि बाहिरिएपछि लेटाङ १० खेलाडीमा सिमित भएको थियो ।

एपिएफको तर्फबाट आकाश राईले पहिलो हाफको १२ मिनेटमा पहिलो गोल गरेका थिए भने लेटाङका मनि बाहिरिए लगत्तै  योगेशले नै दोस्रो गोल गरेका थिए । मध्यान्तरपछि एपीएफका योगेश बुर्जा र कृष्ण थापाले एक एक गोल थप्दै जित सुनिश्चित गरेका थिए ।

मध्यान्तरपछि लेटाङले राम्रो प्रदर्शन गरेपनि थप गोल गर्न सकेन तर शशस्त्रले थप गोल गर्दै खेललाई ४-२ को नतिजामा पुर्याउँदै सेमिफाइनल यात्रा सुनिस्चित गर्यो ।

शनिबारको खेलमा शशस्त्रका आकाश म्यान अफ दि म्याच घोषित भए । उनले १ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । आइतबारको खेल बेलबारी फुटबल क्लब र पथरी फुटबल क्लबबिच हुने आयोजकले जनाएका छन् ।

केराबारी गाउँपालिकाको सहयोगमा भैरहेको प्रतियोगिताको विजेताले ५१ हजार रुपैयाँ र उपविजेताले ३१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल आउँदो मंसिर २६ गते हुनेछ ।