एक करोड ८० लाख लागतमा बैगुनधुरामा बन्यो स्वास्थ्य चाैकी भवन, मेयरद्वारा उद्घाटन

महिला स्वास्थ्य शिविरमा २ सय ८० जनाको स्वास्थ्य जाँच

  • २२ मंसिर २०७६, आईतवार

झापाको बैहुनधुरामा एक करोड ८० लाख रुपैयाँको लागतमा स्वास्थ्य चाैकी भवन निर्माण भएको छ ।

स्वास्थ्य चौकी भवनको गाैरादह नगरपालिकाका मेयर राेहित कुमार शाहले रूद्राक्षकाे विरूवा राेपेर त्यसमा पानी लगाएर उद्घाटन गरेका छन् ।

उद्घाटनको अवसरमा सहभागी सवैजसाेले गुणस्तरिय स्वास्थ्यका लागि भवन मात्र पर्याप्त नहुने भएकाेले कम्तिमा कन्सल्टेन्ट डाक्टर, ल्याव र विमा रेफर गर्न सक्ने सम्मको सुविधा जरुरी भएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । मेयर शाहले निकट भविष्यमा अति आवस्यकीय स्वास्थ्य सेवा दिन नगरपालिकाले ध्यान दिने वताए ।

साे अवसरमा पुर्व गा वि स अध्यक्ष समेत रहेका स्वास्थ्य चौकीका जग्गादाता उतम चाैलागाई र अर्का जग्गादाता युवराज चाैलागाईंलाइ  दाेसल्ला ओढाएर सम्मान गरिएकाे थियाे।

त्यसैगरी भवन उद्घाटनकै अबसरमा विपि काेईराला स्वास्थ्य विज्ञानकाे प्राविधिक सहयाेगमा महिला स्वास्थ्य शिविर  गरिएको छ । वि पि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ स्त्री राेग विषेषज्ञ डा . राेहित (पप्पु) रिजालकाे टाेलीले २ सय ८० जना महिलाको स्वास्थ्य परिक्षण तथा उपचार गरिएको थियो ।