दोस्रो कुसुमे उद्यौली कप :सेमिफाइनलमा पुग्यो डाँगीहाट युथ क्लब पनि, फाइनलमा पुग्न दमकसँग भिड्दै

  • २३ मंसिर २०७६, सोमबार

केराबारीमा जारी दोस्रो कुसुमे उद्यौली कप २०७६ को अन्तिम  क्वाटर फाइनल खेलमा इटहरीलाई परास्त गर्दै डाँगीहाट युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा तालतलैया फुटबल क्लब इटहरीलाई २-१ ले पराजित गर्दै डाँगीहाट सेमिफाइनलमा प्रवेश गरेको हो ।डाँगीहाटको जितका लागि जर्सी नं. १० का खेलाडी शेखर लिम्बुले पहिलो र दोस्रो हापमा २ गोल गरेका थिए ।
शेखरले पहिलो हाफको २३ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर इटहरीले पहिलो हाफमा कुनै गोल गर्न सकेन । डाँगीहाटले इटहरी विरुद्ध शेखरले दोस्रो हाफमा दोस्रो गोल गरेका थिए । दबाबमा रहेको इटहरीले दोस्रो हाफको २७ मिनेटमा किरण राइले फ्री किक मार्फत गोल गरे पनि सो गोल जितको लागि पर्याप्त भएन ।
खेलको म्यान अफ दि म्याच हुँदै डाँगीहाटका शेखर लिम्बुले नगद पुरस्कार रु.१ हजार ५ सय प्राप्त गरे ।मङ्गलबार डाँगीहाट युथ क्लब र रोयल फुटबल क्लब दमकबिच पहिलो सेमिफाइनल खेल हुने छ ।
केराबारी गाउँपालिकाको सहयोगमा भैरहेको प्रतियोगिताको विजेताले ५१ हजार रुपैयाँ र उपविजेताले ३१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।  ८ वटा टिमको सहभागिता रहेकोे प्रतियोगिताको फाइनल आउँदो मंसिर २६ गते हुनेछ ।