लेटाङमा पहिलोपटक हुनेभो प्रदेश स्तरिय च्यालेन्ज कप फुटबल

  • ७ पुष २०७६, सोमबार

उत्तरी मोरङको लेटाङमा यहि पौष २५ गते देखि  प्रथम लेटाङ नगरपालिका प्रदेश स्तरिय च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ ।

चिसाङ भ्याली क्लवको आयोजनामा प्रतियोगिता हुन लागेको हो । लेटाङमा खेलकुद तथा पर्यटनको विकास र प्रतिभाहरुको खोजी कार्यलाई सहजता दिलाउने उद्देश्यले खुला नकआउट फुटबल  प्रतियोगिता आयोजना गरिएको संस्थाका सचिव विकल तामाङ्गले जनाए । प्रतियोगिता स्थानिय प्रस्तावित बुद्ध रंगशालामा हुनेछ । प्रतियोगितामा आयोजक तथा चर्च व्वाईज फुटबल क्लव काठमाण्डौसहित आठ टिमले भाग लिनेछन् ।

नेपाल आईस वियर कम्पनी मुख्य प्रायोजक रहने प्रतियोगिताको सह-प्रायोजकमा अर्ना वियर र रमपम चाउचाउ रहने छन् । यसैगरी प्रतियोगितालाई लेटाङ नगरपालिकाका साथै स्थानिय संघसंस्था तथा लेटाङका व्यावसायीहरुको पनि सहयोग रहने आयोजक संंस्थाका अध्यक्ष उर्गेन तामाङ्गले बताए  ।

प्रतियोगितामा विजयी टिमले १ लाख ५० हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उप- विजेताले नगद रु ७५ हजार र ट्रफी र प्रमाणपत्र  प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल माघ ३ गते हुनेछ ।