डाँगीहाटमा ‘पिस म्युजिकल कन्सर्ट’ को भब्य तयारी, राजेश पायल र ‘पुलन्देकी आमा’ आउने

  • १३ पुष २०७६, आईतवार

शान्ति युवा समूहको आयोजनामा बेलबारी ९ डाँगीहाटस्थित नलवारीमा “पिस म्युजिकल कन्सर्ट” हुने भएको छ ।

बेलबारीको अलि दुर्गम र पिछडिएको गाउँ नलबारीमा पहिलोपटक यही पौष २५ गते म्युजिकल कन्सर्ट हुन लागेको हो । कन्सर्टमा चर्चित गायक राजेशपायल राई र हास्य कलाकार उमेश राई (फुलन्देकी आमा) आउने भएका छन् ।
नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत तथा प्रचार प्रसार र लागु औषध सम्बन्धी सचेतनाका लागि कार्यक्रम गर्न लागेको समूहका उपाध्यक्ष तथा कार्यक्रम संयोजक धर्मराज राईले बताए ।

यही पौष २५ गते हुने कन्सर्टमा राष्ट्रिय कलाकारहरूको साथै स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार धिमाल जातिहरुको बाहुल्यता रहेको क्षेत्रमा गर्न लागिएको कन्सर्टमा स्थानीयताको प्रचारप्रसार, प्रवर्द्धन गर्न विभिन्न जातीय समुदायको सांस्कृतिक नृत्य र झाँकीहरु समेत देख्न पाइनेछ ।