घरमै थलिएका लालभित्तिका बिपन्न राई दम्पतिले बल्ल पाउन थाले उपचार, स्थानीयको सहयोग

  • १४ पुष २०७६, सोमबार

केशु विरही, बेलबारी, माेरङ/ लामाे समयदेखि दम तथा अन्य राेगबाट थलिएका बेलबारीका राई दम्पतीले स्थानीयकाे पहलमा उपचार पाएका छन् ।

बेलबारी नगरपालका वार्ड नं २, लालभित्ती, ज्याेति टाेलका ७४ वर्षीय विरबहादुर राई र उनकी ६८ वर्षीय श्रीमती विगत लामाे समयदेखि थलिएका थिए ।

राई दम्पतिलाई साेमबार पूर्वान्चल विश्वविद्यालय गाेठगाउँमा प्रारम्भिक उपचार पश्चात् घरमै ल्याईएकाे छ ।

अहिले प्राथमिक उपचार पश्चात् घर ल्याईएकाे, उनीहरुका कान्छा छाेरा राेजगारीका सिलसिलामा भारत गएका र छाेरा आएपछि अप्रेशनका लागि लैजाने गरी सोमबार उपचार गरेर ल्याएकाे उपचारमा संलग्न स्थानीय जनप्रतिनिधि समेत रहेकी खिना थापाले वताईन ।

उनीहरुकाे उपचारमाका लागि स्थानीय बागदेवी सामुदायिक वनले  ५ हजार, बेलबारी नगरपालिका २ नं वाडकार्यालयले ५ हजार र वडा नं २ सचिव तुलसी कट्टेलले २५ सय रुपैयाँ  सहयाेग गरेका छन्  भने थप उपचारका लागि अावस्यक सहयाेग जुटाउने तयारीमा भैरहेकाे स्थानीयहरु वताउछन ।

दमकाे कारणले लामाे समयदेखि थलिएकाे, राती सुत्न समेत नसक्ने अबस्थामा पुगेको थाहा पाएपछि स्थानीय बागदेवी सामुदायिक वनले उनीहरूलाई निशूल्क रुपमा दाउरा समेत उपलव्ध गराएकाे छ । ७४ वर्षीय राई दम राेगले रातभरि सुत्न नसकेर आगाे तापेरै रात विताउदै आएका थिए  ।

उता ६८ वर्षीय श्रीमतीकाे हालत पनि उस्तै छ । उनी पनि धेरै सालदेखि पेठ दुख्ने राेगबाट पिडित थिईन् । पैसाकाे अभावमा उपचार हुन नसक्दा उनले पीडा सधै पालेर वसिरहनु परेकाे थियाे ।

भाेजपुरमा जन्म भएका राई २०६६ सालदेखि बेलबारी २ लालभित्तीमा स्थायी रुपमा बस्दै आएका छन् । राई दम्पतिकाे आफ्नाे जग्गा जमिन भने छैन । उनीहरू ऐलानी जग्गामा जस्ताकाे छाना हालेर वसेका छन् ।

राईका जेठाे छाेराे अपाङ्ग छन भने कान्छाे छाेरा रोजगारीको सिलसिलामा भारत गएका, नभएकाले श्रीमानकाे कमाई राम्राे नभएकाेले आमा बुबाकाे उपचार गर्न नसकिएकाे वृद्ध विरवहादुरकी कान्छी बुहारी सीता बताउछिन् ।

राई दम्पतिकाे अवस्था एकदमै दयनीय रहेकाेले, जेठा छाेरा बुहारी दुवैजना अपाङ्ग रहेकाे, कान्छाे छाेराे पनि कमाई गर्न भारततिर गएकोले आफूहरुले नै लागेर उनीहरुकाे उपचारमा अाफूहरुले लागेेेेकाे स्थानीय प्रकाश चाैहानकाे मत रहेकाे छ ।

बेलबारी नगरपालिकाकी कार्पालिका सदस्य खिना थापाले यसअघि नै राई दम्पतीकाे उपचारका लागि नगरपालिकामा प्रस्ताव ल‌ैजाने वताएकी छिन् ।