नयाँ बर्षको स्वागत तथा पर्यटन बर्ष २०२० को प्रबर्द्धनका लागि बेलबारीमा यस्ता छन् कार्यक्रम

  • १५ पुष २०७६, मंगलवार

बेलबारी नगरपालिकालाई पर्यटकीय मैत्री नगर घोषणा, नगरपालिकामा भएका पर्यटकीय सम्पदाहरुको प्रचारप्रसार, संरक्षण र प्रबर्द्धन गर्दै सफा बेलबारी बनाउने अभियान अन्र्तगत बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको मंगलबार पत्रकार सम्मेलन गरी जनाईएको छ ।

मदनमोहन आश्रित पुष्परत्न साँस्कृतिक भवनमा आयोजित पत्रकार सम्मेलनमा नेकपा बेलबारीका सचिब रबिन थापाले बेलबारी नगरलाई पुर्बको एउटा राम्रो पर्यटकीय गनतब्य भएको सन्देश दिन र नगरलाई फोहोर मुक्त बनाउँदै पर्यटन बर्षलाई सफल बनाउन यो अभियान सञ्चालन गरिएको बताए ।

कार्यक्रममा नेकपा बेलबारीका अध्यक्ष पर्शुराम सुवेदीले सो अभियान नेकपाको मात्र नभएर सबै बेलबारीबासीको भएको बताए । कुनैपनि कार्यक्रममा नेतृत्वकर्ता आबश्यक भएकोले आफुहरुले आयोजना मात्र गरेको तर सबैको सामुहिक कार्यक्रम रहेको भन्दै उनले यो कार्यक्रम सफल बनाईदिन सबैलाइ आब्हान गरे ।

बुधबार बिहान चिसाङ खोलादेखि पश्चिम र किस्तीखोला सम्मको राजमार्ग सरसफाई गरिने र बेतना सिमसार क्षेत्रमा कार्यक्रम समापन गरिने नेकपा बेलबारीले जनाएको छ । पर्यटन बर्षको प्रबर्द्धनका लागि बेलबारी नगरमा आउने पर्यटकहरुलाई स्वागत, पर्यटकीय स्थलहरुको प्रचरात्मक सामाग्री प्रर्दशन र सरसफाई जस्ता कार्यक्रम रहेको आयोजकले जनाएको छ ।