चोरी भएका मोटरसाईकल र हराएका मोवाइल फिर्ता दिँदै बेलबारी प्रहरी, दुई महिनामा भेटिए ३२ मोबाइल

  • २० पुष २०७६, आईतवार

इलाका प्रहरी कार्यालय बेलबारीले चोरी गरिएका ८ वटा मोटरसाईकल र हराएका १३ वटा मोवाईलहरु विशेष अनुसन्धान पश्चात नियन्त्रणमा लिएको छ ।

उच्च प्रविधी प्रयोग गर्दै फेला पारिएका मोवाइल सेटहरु प्रहरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी धनीहरुलाई हस्तान्तरण गरेको छ ।

मोटरसाईकल चोरीका विषयमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर गुणराज बुढाथोकीले बताए ।मोटरसाइकल बरामद गर्ने क्रममा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सुन्दरहरैँचा ७ का सन्तोस खत्री, निश्चल श्रेष्ठ र रोजिस राईलाई समेत नियन्त्रणमा लिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

हराएका मोबाइल तथा मोटरसाईकल खोजीका लागि विभिन्न समयमा परेका निवेदनका आधारमा प्रहरीले खोजी अनुसन्धान गरेको थियो । प्रहरीले विरगञ्ज, सिराहा, सप्तरी, झापा लगायत स्थानबाट मोबाइलन फेला पारेको मोरङका प्रहरी प्रमुख एसपि विश्व अधिकारीले बताए ।

खोजीका क्रममा इलाका प्रहरी कार्यालय बेलबारीले को ४ प ४४९ नम्बरको स्कुटी, नम्बर नखुलेको ईन्जिन नं. DKACEB25215 को पल्सर मोटरसाईकल, पार्ट पूर्जा खोलिएको DHGCA51023 इन्जिन नम्बर भएको पल्सर, को ३ प २२१७ , को ३५ प २२७३ , को २ प ७४४८, बा ३३ प ५५५८ र मे १० प १०४३ नम्बरको मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा भेटिएका मोबाइल सार्वजनिक गर्दै प्रहरीले आफन्तको जिम्मा लगाएको हो ।

यो पनि पढ्नोस न —

हराएका मोबाइल खोज्नमा सफल बन्दै इप्रका बेलबारी, एक महिनाभित्रै १९ जनाले फिर्ता पाए मोबाइल