नेपाल आइडल २ का ‘चमत्कारी मान्छे’ को दोश्रो गीत सार्वजनिक (भिडियोसहित)

  • २७ पुष २०७६, आईतवार



नेपाल आइडल २ को २७ औं एपिसोडमा एपिसोडमा निर्णायकहरुद्वारा “चमत्कारी मान्छे” उपनाम पाएका र आइडलको उत्कृष्ट ६ मा पर्न सफल पवन गिरीको दोस्रो गीत  ‘बधाई छ’ सार्वजनिक भएको छ ।

गीतमा न्ह्यू बज्राचार्यको कम्पोज रहेको छ भने एरेन्ज गोपाल रसाइलीको र लिरिक्स दुर्गालाल श्रेष्ठको छ । गायक गिरीको स्वर रहेको र लोकेश बज्राचार्यको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा वाइड लेन्स प्रोडक्सनले लगानी गरेको छ । कल्यान सिंहको संगीत रहेको उक्त गीतको शब्द सिंहले नै लेखेका हुन् । उक्त गीतको भिडियोमा चर्चित होस्ट रिमा विश्वकर्मा र पर्सि गजुरेललाई फिचरिङ गरिएको छ ।

सो गीतको एरेन्जमेन्ट र मिक्सिङ् क्रमशः गोपाल रसायली र प्रदीप जोशीले गरेका छन् । यो पवन गिरीको दोस्रो सेन्टीमेन्ट रक गीत हो ।औपचारिक रूपमा संगीत सिक्ने अवसर नपाएका पवनले यसअघि पहिलो गीत ‘मलाई एक छिन देउ’ सार्वजनिक गरेका थिए ।

लुम्बिनीकपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) विस्व सल्लाहकार रामकुमार श्रेष्ठले नेपाल आइडलका “चमत्कारी मान्छे” रकस्टार पवन गिरीलाई दोश्रो गीतको लागि बधाई दिएका छन् ।