बिपन्नलाइ सहयोग गर्दै सामुदायिक बनहरु, बागदेवीले पनि गरिदियो ४० परिवारको स्वास्थ्य बिमा
- ५ माघ २०७६, आईतवार
उत्तम पोख्रेल / गरिव तथा विभिन्न पहुँचका कारण विमा गर्न नसकेका परिवारलाई सामुदायिक वनहरुले स्वास्थ्य विमा गरिदिन थालेका छन् ।
बेलबारी २ को बागदेवी सामुदायिक बन उपभोक्ता समुुहले गरिबीका कारण स्वास्थ्य विमाको पहुंँच भन्दा उपभोक्ताहरुलाई विमा गरिदिएको हो । वागदेवीले ४० परिवारको स्वास्थ्य बीमा गरिदिएको छ । उपचार अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भनेर विमा गरिदिएको बागदेवी सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष फडिन्द्र वहादुर थापाले बताए । सरकारले सवै नागरिकको विमा गरिदिने लक्ष्य लिए पनि पहुंँच भन्दा वाहिर भएकाहरुलाई सहयोग गर्नु वनको समेत दायित्व हो भनेर बिमा गरिदिएको थापाले बताए ।
बिमा परिचयपत्रको आधारमा बिमा गरेको परिवारका सदस्यहरुले सरकारले तोकेको अस्पतालबाट १ लाख रुपैंयासम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्नेछन् । पाँच जनासम्मको परिवारले ३५ सय तथा सोभन्दा माथि प्रतिव्यक्ति ७ सय रुपैया तिरेर विमा गर्नुपर्छ ।
एकैपटक परिवारका सवै सदस्यको रकम तिर्न नसक्ने ६० परिवारको रमिते सामुदायिक बन उपभोक्ता समुहले स्वास्थ्य बिमा गरिदिएको अध्यक्ष प्रेम राइले बताए । त्यसैगरी बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदिले समेत गरिव तथा असायहरुलाई विमा गरिदिने बताएका छन् ।
मोरङमा गत भदौदेखि स्वास्थ्य विमा कार्यक्रम सुरु भएको थियो । विमा गर्ने विमितले ५ जनाको परिवारको ३ हजार ५ सय तिर्नुपर्छ भने प्रतिब्याक्ति ७ सयका दरले बुझाउनु पर्ने छ । जेष्ठ नागरिक र अपांग लगायतलाई भने १ लाख रुपैयांँको नि:शुल्क बिमा पाउने छन् ।
बेलबारी तथा आसपास क्षेत्रमा स्वास्थ्य बिमा गरेका विमितहरुले वाहुनी प्राथमिक स्वास्थय केन्द्र बेलबारी, पुर्वाञ्चल विश्वविद्यालय गोँठगाँउ, विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल बिराटनगर, नबदृष्टि आँखा अस्पताल विराटनगर, गोल्छा आँखा अस्पताल र विराटनगर आँखा अस्पतालहरुबाट सेवा लिन सक्ने छन् ।
पर्यटनमा पनि लगानी गर्दैछन् सामुदायिक वनहरु
सामुदायिक बनहरुले पछिल्लो समय पर्यटनमा समेत महत्व दिइरहका छन् । रमिते सामुदायिक बनले बेलबारी नगरपालिका तथा आफनै लगानीमा सुरुङ मार्ग सहितको भ्युटावर निर्माण गरिहरको छन् । ६ सय मिटर लामो सुरुङ मार्ग सहितको भ्यूटावर निर्माण गरिरहेका छन् । सुरुङमार्ग सहित गार्डेन, चिल्ड्रेन पार्क, वोटिङ बनाईने अध्यक्ष राईले बताए ।
बेलबारी २ मा रहेको वागदेवी सामुदायिक बनले पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले वासुकी पोखरीको निर्माण गरीरहेको छ । बेलबारी र सुन्दरहरैंचा–१० को सिमानामा करिब १४ हेक्टर क्षेत्रफलमा बनिरहेको यो परियोना मध्ये ९ हेक्टरमा पोखरी निर्माण गरिदैछ ।







































































