अभियान लघुबित्तको ११ औं शाखा बेलबारीमा, मेयर सुवेदीद्वारा उद्घाटन

  • ६ माघ २०७६, सोमबार

मोरङ बेलबारीमा अभियान लघुबित्त बितिय सस्थाको ११ औ शाखा बिस्तार भएको छ ।

एक कार्यक्रम विच सोमबार बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले शाखाको उद्घाटन गरेका छन् । गत असोज महिनामा स्थापना भएको सो बित्तिय सस्थाले सुनसरी, तेह्रथुम, सखुवाशभा, काभ्रेपलान्चोक, चितवन,नवलपुर र दाङ जिल्लामा शाखा बिस्तार गरिसकेको छ ।

शाखाको उद्घाटन गर्दै मेयर सुवेदीले जनताका आधारभूत आवश्यकता पुरा गर्ने कार्यमा यो नयाँ शाखाले योगदान दिनसक्ने बताए ।

अभियान लघुबित्त बितिय संस्थाका अध्यक्ष बाबुराम थापाले  संस्थाले समुहमा लगानी गर्ने र ऋण लिएपछिको ऋणीको आर्थिक अबस्था समेत बुझ्ने बताए । बैंकका अनुसार ऋण लगानीका लागि १० देखि ३५ जनासम्मको समुह बनाईने छ ।

अभियान नेपाल राष्ट्र बैंकद्वारा घ वर्गको इजाजतपत्र प्राप्त संस्था हो । हाल सम्म अभियानले २ करोड ५१ लाख रुपैया ऋण लगानी गरिसकेको छ ।