कसेनी स्वास्थ्य चौकी नयाँ भवनमा, शुरुभो ल्याब र गर्भपतन सेवा पनि सुचारु

  • ८ माघ २०७६, बुधबार

बेलबारी नगरपालिका वडा नम्बर ५ मा रहेको कसेनी स्वास्थ्य चौकीको नव निर्मित भवन तथा ल्यावसेवाको उद्घाटन भएको छ ।
बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बेलबारी भवन तथा ल्याब उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा स्थानीयबासी, संघ संस्थाका प्रतिनिधि उपस्थित थिए ।
बेलबारी नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कसेनी स्वास्थ्य चौकीको नवनिर्मित पहिलो तल्ला भवन , ल्याब सेवा संञ्चालन , सुरक्षित गर्भपतन सेवाको उद्घाटन नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले गरेका थिए । कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञान बहादुर बस्नेत विशेष अतिथि थिए । उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिका वडा नं ३ का वडाध्यक्ष योगेन्द्र सुबेदी , वडा नं ४ का वडाध्यक्ष राम कुमार राई र वडा नं ६ का वडाध्यक्ष उदय बहादुर राई पनि उपस्थित थिए । कार्यक्रम वडा न्ं ५ का वडा वडाध्यक्ष बिश्वबन्धु बस्नेतको अध्यक्षतामा भएको थियो ।