संयन्त्र सञ्चार सहकारीको नवौं साधारणसभा तथा रेडियो वेतनाको सातौं बार्षिकोत्सव सम्पन्न 

  • १० माघ २०७६, शुक्रबार

मोरङको बेलबारीमा अवस्थित रेडियो वेतनाको सातौं बार्षिकोत्सव तथा संयन्त्र सञ्चार संयन्त्र सञ्चार सहकारीको साधारणसभा  सम्पन्न भएको छ ।

संयन्त्र सन्चार सहकारी संस्थाद्वारा सन्चालित रेडियो वेतना ९७.१ मेगाहर्जले स्थापनाको ७ बर्ष पुरा भएको अवसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि साधारणसभा तथा बार्षिकोत्सव सम्पन्न गरेको हो ।
राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालको प्रमुख आतिथ्यता र प्रदेेश सभाषद लोकप्रसाद संग्रौलाको विशेष आतिथ्यतामा बेलबारी १ मा रहेको मदन मोहन आश्रित पुष्परत्न सांस्कृतिक भवनको सभाहलमा कार्यक्रम भएको थियो ।
संघसंस्था तथा व्यक्तिहरु सम्मानित
कार्यक्रममा समाजमा योगदान दिने ७ संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा जेष्ठ नागरिक समाज बेलबारी, बेलबारी नगरपालिकाकोे पहिलो जाति धिमालहरुको संस्था धिमाल जाति बिकास केन्द्र , बेलबारी नगरकार्यपालिका, शान्ति भगवती माध्यमिक विद्यालय लेटाङ, सुन्दरहरैचा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश दाहाल, बेलबारी निवासी सामाजिक ब्यक्तित्व महेन्द्र प्रसाद सुवेदी र बेलबारी ६ का मिलन राई छन् ।

बार्षिकोत्सबको अबसरमा १८ जना विज्ञापनदाताहरुलाई पनि प्रसंसापत्र प्रदान गरिएको छ । प्रसंसापत्रले सम्मानित हुनेहरुमा महालक्ष्मी बस्त्रालय, ए वान चस्मा घर, जि.एस.फर्निचर एण्ड ल्याण्ड प्रा.लि., मनकामना ज्वेलर्स, सुविधा मेडीकल हल, हाम्रो चस्मा घर, गिरी मेडीकल हल, लाईफलाइन ओभरसिज, आश्मा फार्मेसी एण्ड अमृत स्वस्थ्य क्लिनिक, दक्षिणकाली ज्वेलर्स, भावना टि.भी. एण्ड रेडियो टे«डर्स, ए.के.जे.के. इलेक्ट्रोनिक्स, न्यु बुढासुब्बा ज्वेलरी, बेतना कन्सल्टेन्सी प्रा.लि., सुविस्ता मेडीकल हल, गुरुकुल पाठशाला, मोरङ चिनारी बोर्डिङ स्कुल र डेल्टा मन्टेश्वरी रहेका छन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सभाकी उपाध्यक्ष दाहालले समाज बिकासका लागि सामुदायिक रेडियोले खेल्ने भुमिका महत्वपुर्ण हुने बताइन् । राजनैतिक दल, स्थानीय संघसंस्था सबै मिलेर रेडियोलाई मजबुद बनाउन सकेमात्रै समाजभित्रका बिभिन्न कुराहरुको प्रबर्धन हुने उनले बताइन् । 

नेपाली कांग्रेस संसदिय दल प्रदेश न. १ प्रमुख सचेतक,तथा प्रदेश सभा सदस्य केदार कार्कीले रेडियोले विभिन्न सुचना तथा  मनोरन्जन दिनेे भएकोले रेडियो समाजका लागि महत्त्वपूर्ण हुने बताए । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले संचार क्षेत्रमा स्थानीय तहले पहिलेदेखि नै साझेदारी गरेको र भविस्यमा पनि त्यो थप गर्दै लैजाने बताए । कार्यक्रममा नेकपा बेलबारीका अध्यक्ष परशुराम सुवेदी, प्रेस युनियनका उपाध्यक्ष लिलाबल्लव घिमिरे लगायतले पनि मन्तव्य राखेका थिए ।

रेडियो वेतना सन्चालक समितिका अध्यक्ष भोजराज बस्नेतको अध्यक्षतामा भएको बार्षिकोत्सव तथा साधारणसभामा डेल्टा इङलिस स्कुल र गुरुकुल पाठशालाका विद्यार्थीहरुले सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए ।