जेब्रा क्रसिङ निर्माण कार्यक्रममा

बेलबारी नगरपालिकाकी उप प्रमुख ढाकाकुमारी पराजुली, ट्राफिक प्रहरी कार्यालय बेलबारीका प्रमुख लीला श्रेष्ठ लगायतको पनि  सहभागिता थियो ।

क्याम्पसमा आयोजित विद्यार्थी भेला तथा जेब्रा क्रसिङ निर्माण  कार्यक्रमका अनेरास्ववियू केन्द्रिय सदस्य विष्णु यादव प्रमुख अतिथि थिए ।  कार्यक्रममा अनेरास्ववियू मोरङ संयोजक सन्तोष घिमिरे,  केन्द्रीय सदस्य ताजिम अन्सारी तथा सुकुना स्ववियु सभापति मिलन घिमिरे लगायतको पनि सहभागिता थियो ।

अनेरास्ववियु बेलबारी क्याम्पस कमिटीका अध्यक्ष रविन चालिसेको अध्यक्षतामा भएको विद्यार्थी भेलामा अन्य संघ–संगठनबाट अनेरास्ववियुमा प्रवेश गरेका ५० जना विद्यार्थीहरुलाई स्वागत तथा सम्मान पनि गरिएको थियो ।