बेलबारीमा यसबर्ष पनि हुनेभो आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव

  • १८ माघ २०७६, शनिबार

मोरङको बेलबारीमा  यस बर्ष पनि आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव हुने भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ बेलबारीको आयोजना र बेलबारी नगरपालिकाको सहयोगमा महोत्सव हुने भएको  हो ।आयोजक आदिवासी जनजाति महासंघ बेलबारीले शुक्रवार पत्रकार सम्मेलन गरी फागुन १७ गते देखि २४ गते सम्म महोत्सव हुने जानकारी दिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई प्रबर्द्धन गर्दै आदिवासी जनजाति लगायत आर्य र शिल्पी  (दलित) समुदाय समेतको परम्परा, भेेेषभुषा र कला संस्कृतिको प्रचार, संरक्षण र प्रबर्द्धन, आदिवासीका भेषभुषा, मौलिक खानाका परिकारहरुको प्ररबर्द्धन र  धार्मिक तथा साँस्कृतिक सहिष्णुताको सबलीकरण गर्नुुु महोत्सवको मुुुख्य उद्धेश्य रहेको महासंघका बेलबारी नगर अध्यक्ष तिलकप्रसाद राईले बताए ।

महोत्सवमा मौलिकता झल्काउन खरको गेट बनाइनेछ । महोत्सवमा कृषि, परम्परागत तथा घरेलुु उत्पादन, होटल, सूचना प्रविधि  अटोमोवायल्स लगायतका गरी जम्मा ६० वटा स्टल रहने छन्  । जसमा १६ वटा आदिवासी जनजातिका स्टलहरु हुनेछन् ।

आदिवासी जनजाति महासंघमा धिमाल, राइ, खवास, भुजेल, राजबंशी, माझी, गुरुङ, नेवार, लिम्बु, थारु, मुडियारी, याख्खा, सुनार र मगर जातिका जातीय संस्थाहरु आबद्ध छन् । जातजातिका र अर्गानिक कृृषि उत्पादनका केही स्टलहरुलाई नि:शुल्क स्टल उपलब्ध गराउने आयोजकले जनाएको छ ।

कार्यक्रमबाट कुल ५१ लाख आम्दानी र २६ लाख नाफा हुने लक्ष्य  लिइएको छ ।  उक्त रकमले आदिवासी समुदायको शिक्षा,स्वास्थ्य, क्षमता विकास, एवम् सँस्कार संस्कृतिको प्रबर्द्धन र बिकास गर्ने आयोजकको योजना छ ।

महोत्सवमा विभिन्न चेतना र शिक्षा मुलक कार्यक्रम हुनेछन् । बाल उध्यान समेत रहने महोत्सवमा दैनिक झाँकी तथा हरेक साँझ स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिमा सांगीतिक कार्यक्रमहरु हुनेछन् ।  महोत्सव बेलबारी ३ स्थित पेट्रोल पम्पदेखि पछाडिपट्टी हुनेछ ।

आदिवासी जनजाति महासंघ बेलबारीका अध्यक्ष तथा आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव आयोजक मुल समिति संयोजक तिलकप्रसाद राइले बेलबारीका प्राकृतिक सम्पदा, पर्यटकीय स्थल, जातजातिहरुको भाषा, संस्कृति-संस्कार र खानपिनको प्रबर्द्धन गर्न, नेपाल पर्यटन बर्षलाई सघाउने र कृषिजन्य तथा औद्योगिक उत्पादन प्रबर्द्धन गर्न  महोत्सव आयोजना गरिएको बताए ।

महोत्सवबाट आदिवासी समुदायका युवाहरूलाई उद्यमशीलताको लागि अग्रसर गराउने , आदिवासी समुदायको कला , साहित्य, संस्कार-संस्कृति र पहिचान संरक्षण गर्ने लक्ष्य रहेको महासंघ  बेलबारीका सचिव मनकुमार गुरुङले बताए ।

महोत्सवलाई सफल बनाउन तिलकप्रसाद राइको संयोजकत्वमा १ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । त्यसैगरी ११ वटा उप समिति समेत गठन भएका छन् । जसमा  आर्थिक ब्यबस्थापन उप समितिमा शान्ता तामाङ संयोजक, स्वयंसेवक उपसमितिमा कुमार बोखिम संयोजक, बाल उध्यान उप समितिमा रंंजित गुुुरुङ संयोजक छन् ।

त्यसैगरी स्वास्थ्य उपसमिति र स्वयंसेवक उपसमितिमा चन्द्र लिम्बु संयोजक, सांस्कृतिक तथा मञ्च ब्यबस्थापन उपसमितिमा मनकुमार गुरुङ संयोजक, झाँकी ब्यबस्थापन उपसमितिमा तिलक राइ संयोजक, अतिथि सत्कार उपसमितिमा महिला महासंंघ संयोजक र प्रचार प्रसार उपसमितिमा अर्जुन कुलुङ राइ संयोजक छन् । बेलबारीमा गत बर्ष पनि आदिवासी जनजाति महोत्सव भएको थियो ।