कांग्रेसले ‘कम्युनिष्ट मुक्त’ घोषणा गरेको बैराखुनीमा नेकपाले बनायो जम्बो टोल कमिटी
- १८ माघ २०७६, शनिबार
नेपाली काग्रेसका महासमिति सदस्य सुनिल शर्माले ‘कम्युनिष्ट मुक्त’ टोल घोषणा गरेको बेलबारी नगरपालिका वडा नम्बर ९ को बैराखुनीमा १ महि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जम्बो टोल कमिटी गठन भएको छ ।
टोल कमिटी गठन कार्यक्रममा दुई सय जना भन्दा वढीको उपस्थितिमा नेकपाले राजन श्रेष्ठको अध्यक्षतामा ५० सदस्यीय टोल कमिटी गठन गरेको हो ।
कांग्रेस डाँगीहाट गाबिसका पुर्व सभापति बद्रि मण्डलको गाउँ बैराखुनीमा सरसफाई कार्यक्रम भनेर बोलाइएको तर कार्यक्रममा आउनेलाई स्वागत गरेको भन्दै सुनिल शर्माले अविर लगाएर पार्टी प्रवेशको हल्ला फैलाएको स्थानीय एक महिलाले बताइन् ।
कमिटि गठन कार्यक्रममा नेकपा बेलबारीका अध्यक्ष पर्शुराम सुवेदी, वडाअध्यक्ष नगेन्द्र खड्का, पुर्व डाँगीहाट गाविसका अध्यक्ष राजकुमार बस्नेत, बेलबारी नगरपार्टी सदस्य गणेश अधिकारी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।