एक हजारभन्दा बढीलाई स्वरोजगार बनाउन उद्यमी खोज्दै बेलबारी नगरपालिका

  • २२ माघ २०७६, बुधबार

उत्तम पोख्रेल / बेलबारी नगरपालिकाले नयाँ उद्यमीको खोजी शुरु गरेको छ ।

गरिवसँग नगरपालिका’ नाम दिएर नगरपालिकाले टोल टोलमा गएर नयाँ ब्याबसाय गर्नेहरुको खोजी गर्न थालेको हो । अति विपन्न, एकल महिला, दलित आदिवासी, जनजातिहरु, पिछडा वर्ग, अपाङ्गता भएका ब्याक्तिहरुलाई प्राथमिक्ता दिएर टोल टोलमा पुगेर नयाँ ब्यबशायीको खोजी गर्न थालिएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

प्रत्येक टोल विकास संस्थाबाट ५ जनाको छनोट गर्न  टोलवासीले गर्न चाहेको ब्यबसाय तथा उद्योगबारे बुझ्न थालेको मेयर सुवेदीले बताए । ब्यबशाय शुरु गर्न चाहनेहरुको रुचि अनुसार आत्मनिर्भर बनाउन प्रोत्साहन गर्ने र त्यसमा पनि खासगरी घरेेलु उद्योग र सामुहिक खेति गर्नेलाई  प्राथमिकता दिने उनले बताए ।

ब्याबसायिक कृषि, पर्यटन, सहकारीमा आधारित उत्पादन, स्थानिय कच्चा पदार्थमा आधारीत कुटिर उद्योग र साना उद्योग लगायतका क्षेत्रमा उक्त कार्यक्रम मार्फत लगानी गरीने मेयर सुवेदीले बताए ।

स्थानिय कच्चा पदार्थको प्रयोग गरेर बनाइएका सामाग्रीहरुको बजारीकरणमा समेत नगरपालिकाले सहयोग पुर्याउने उनले बताए । आफनै गाँउ ठाँउमा खेर गइरहेका बांँसबाट डोका बनाएर डस्विनको काम गर्न सकिन्छ, मेयर सुवेदीले भने – ‘हामी प्लाष्टिकका डस्विन प्रयोग गरीरहेका छौं, त्यसो भएमा जनतालाई आम्दानी पनि हुन्छ वातारवरणको प्रदुषण पनि कम हुन्छ ।’

बिदेशमा सिकेको सिप आफनै ठाँउमा प्रयोगमा ल्याउछौ भन्नेलाई समेत बिशेष प्याकेजनै घोष्णा गरेर कार्यक्रम अगाडि बढाइएको उनले बताए । बिदेश वाट आएर ब्यापार ब्यासाय गर्नेहरुलाई थप सहयोग गर्ने मेयर सुवेदिको भनाई रहेको छ ।

नगरपालिकाले ब्यबसायिक कुखरा पालन, पशुपालन लगायत ब्यबसायिक कृषि गर्ने, साना साना उद्योग धन्दाहरु संचालन गर्न चाहनेहरुबाट आबेदन माग गरेको गरिवसँग नगरपालिका कार्यक्रमका फोकल पर्सन विनोद दाहालले बताए ।

नगरपालिकाले थालेको कार्यक्रमले राहत मिल्ने बेलबारी २ को सरस्वति टोल विकास संस्थाका सचिव गोपाल प्रसाद न्यौपानेले बताए । कृषकले उत्पादन गरेका बस्तुहरुमा बिचौलियको चलखेल थियो अव त्यस्ता दिन सकिने रहेछन न्यौपानेले भने ‘ अब खेर जाने बस्तुवाटै नाफा लिन सकिन्छ ।’ नगरको एउटा वडामा १८ देखी २२ वटासम्म टोल विकास संस्थाहरु रहेका छन् ।