क्यान्सरपिडित रमाको लागि उपचार खर्च जुटाउँदै श्रमिक महिला समूह, एक लाखभन्दा बढी संकलन

  • २७ माघ २०७६, सोमबार

महिलाहरुकाे हकहितका लागि स्थापना भई महिलाको हक हित र  सेवामा सपर्पित हुँदै आएको श्रमिक महिला समूह बेलबारीले बेलबारीकै क्यान्सर पीडित रमा श्रेष्ठको उपचारका लागि एक लाखभन्दा बढी रकम जुटाएको छ ।

२०७५ सालमा स्थापना भई पछिल्लाे समयमा एकपछि अर्काे गर्दै समाज सेवामा आफूलाई सक्रिय बनाउदै गएको संस्थाले रमाको उपचारका लागि सो सहयोग जुटाएको हो । स्थापनाकाे छाेटाे समयमै मानवीय सेवामा समेत आफ्ना पाईला अगाडि वढाईरहेकाे यो संस्था हाल बेलबारीकी क्यान्सर पिडित महिलाको उपचारका लागि जुटिरहेकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं १ की ३२ वर्षीय रमा श्रेष्ठ विगत लामाे समयदेखि फाेक्साेकाे क्यान्सरबाट पिडित छिन् । १४ वर्षीय छाेरा र २ वर्षीय छाेरी गरी दुई सन्तानकी आमा समेत रहेकी श्रेष्ठका श्रीमान राेजगारीका सिलसिलामा विदेश गएका छन् भने उनी हाल माईतीमा बस्दै आएकी छिन् । कमजाेर आर्थिक अवस्था भएकी विरामी श्रेष्ठलाई बचाउन आफूहरु लागिरहेकाे श्रमिक महिला संंघकी अध्यक्ष नीतु थापाले बताईन् ।

श्रेष्ठको उपचारका लागि सहयोग जुटाउने क्रममा अहिले सम्ममा १ लाख जति उठिसकेकाे र उठ्ने क्रम जारी रहेकाे अध्यक्ष थापाले वताईन् । जम्मा भएकाे रकम चाडै पिडितलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेकाे श्रमिक महिला समूहले जनाएको छ ।

संस्थाले यसअघि जाडाेले झट्पटाई रहेका बालबालिकाहरुलाई न्यानाे कपडा तथा पाेशाक वितरण लगायत विभिन्न मानवीय सेवा गरेर धेरैकाे मन जित्न सफल भइसकेको छ  ।