खेलकुद तथा सार्वजनिक सम्पति संरक्षण ऐन पारित गर्दै सकियो बेलबारीको पाँचौ नगरसभा 

  • ३० फाल्गुन २०७६, शुक्रबार

उत्तम पोख्रेल/ दुइ वटा ऐनहरु पारीत गर्दै बेलबारी नगरपालिकको पाँचौ नगरशभा सम्पन्न भएको छ । 

दुई दिनसम्म चलेको नगरसभाले खेलकुद तथा सार्वजनिक सम्पति संरक्षण समन्धी ऐन पारीत गरेको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । नगरशभावाट ऐन पारीत गरेपछि खेलकुद बिकास समिाति गठन गर्ने वाटो समेत खुलेको छ । त्यस्तै सार्वजनिक जग्गाहरुको संरक्ष्ण सम्बर्धन तथा प्रबर्धन गर्ने समेत वाटो खुलेको छ ।

नगरसभाले कोल्ड स्टोर, आईसिटी सेन्टर, फुटबल स्टेडियम, कृषि क्षेत्रको बिशेष कार्यक्रम, कृषि कार्यक्रम, कृषि मार्ग निर्माण, सामुदायिक भवन, हुलाकी मार्ग, मुल नहर कालोपत्रे, जनमार्ग, पृथ्वी मार्ग, वडा नम्बर ४ र ५ जोडने सडक निर्माण आदिका लागि बजेट ब्यबस्थापन गरिदिन प्रदेश तथा सघिय सरकारसँग माग गर्ने निर्णय गरेको मेयर सुवेदीले बताए । नगरसभामा हालसम्म गरीएका कामहरुको समेत समिक्षा गरीएको छ । जनप्रतिनिधि र कर्मचारी बाहेक नगरसभामा कसैलाई पनि बोलाइएको थिएन ।

नगरसभामार्फत बैशाख महिनाभित्र बिकास निर्माणका काम सक्न मेयर सुवेदीले अन्य जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन्  । गत असारमा भएको चौथो नगरसभाले बैशाख महिनाभित्र बिकास निर्माणका काम सक्ने निर्णय गरेको थियो ।

यस्तै नगरसभाले फाहोरमैला ब्यबस्थापन र बिधुत उत्पादनका लागि लिभ्रा टेक्नोलोजी कम्पनीसँँग गरीएको सम्झौताको अनुमोदन   गरेको छ । केहि दिन अघि मोरङका बेलबारी ,सुन्दरहरैचा, लेटाङ, पथरीशनिश्चरे नगरपालिका तथा केरावारी र कानेपोखरी गाँउपालिकाले ३ वटा योजनाका लागि एकै पटक सम्झौता गरेका थिए । जसमा सोलार प्यानलबाट ६ वटा स्थानियतहले एक स्थानियतहमा १० मेघावाट बिजुली उत्पादन गर्ने गरी सम्झौता  गरिसकेका छन् । ६ वटै स्थानियतमा एसियाली बिकास वैक एडिविको सहयोगमा प्राप्त हुने दमकल ल्याउनका लागि समेत सम्झौता भइसकेको छ ।