खाजा खर्च कटाएर विद्यार्थीहरुले जम्मा गरेको १ लाख १ हजार कोरोना महामारी विरुद्धको अभियानमा

इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा थपियो झण्डै १० लाख

  • २७ चैत्र २०७६, बिहीबार

इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा पछिल्लोपटक झण्डै १० लाख रुपैयाँ थपिएको छ ।

इटहरीकै पूरानो स्कुल जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुले खाजा खर्च कटाएर जम्मा गरेको एक एक रुपयाँबाट १ लाख १ हजार रकम कोरोनाको महामारी विरुद्धको अभियानका लागि खर्च गरिएको छ ।

इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा सो रकम हस्तान्तरण गरिएको हो । मंगलबार उपमहानगरपालिकालाई सो रकम हस्तान्तरण गरिएको हो ।

त्यसैगरी नेकपा इटहरीको तर्फवाट इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा ४ लाख ५५ हजार रकम हस्तान्तरण भएको छ । नेकपाले इटहरी उपमहानगरको फुडवैंकमा दुई हजार किलो चामल पनि  जम्मा गरेको छ ।

यस्तै इटहरीकै पूरानो राष्ट्रिय जागृती क्लबबाट एकाउन्न हजार, जनता क्यामपस इटहरी प्राध्यापक संघ र कर्मचारी संघको तर्फवाट ७३ हजार १ सय ४३, रिजाल्स भिजन पार्टी प्यालेस इटहरीको तर्फवाट ५१ हजार रकम प्रदान गरिएको छ ।

त्यस्तै पुर्व कृषि राज्य मन्त्री रामकुमारी चौधरीले उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा १ लाख ११ हजार दिने घोषणा गरेकी छिन्  । यस्तै कस्तुरी कलेज इटहरीले उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा १ लाख ११ हजार रकम दिने घोषणा गरेको छ ।