बेच्न ल्याएका पशुहरु बस्तीनजिकै बाँधिएपछि गाउँ नै त्रसित, हटाउन बेलबारीका स्थानीयबासीको माग

  • ३ बैशाख २०७७, बुधबार

केशु विरही, बेलबारी, माेरङ/ काेराेनाकाे त्रास फैलिरहेकाे बेलामा लकडाउनका कारण यातायात सेवा थप्प भएर हटियामा बिक्री गर्न ल्याएका पशु चाैपायाहरु गाउँ नजिकै ल्यईर बाँधिए पछि स्थानीयहरु त्रसित भएका छन् ।

पशु तथा तिनलाई चाकर गर्न बसेका अपरिचिन मानिसदेखि स्थानीयहरु त्रसित भएका छन् ।

काेराेनाका कारण देसैभर लगाईएकाे फागुन ११ गतेदेखि लकडाउनका कारण यातायात थप्प भएपछि बेलबारी बजारमा साेमबारे हटियामा बिक्रीका लागि ल्याएका २ सय जति पशुहरु त्यही राेकिएकाे र बाँध्न उपयुक्त ठाउँ नचएकाे भन्दै बजार समितिले बजारदेखि दक्षिण पश्चिममा पर्ने बेलबारी -२, लालभित्तीस्थित नर्सरीमा सारिए पछि पशु र तिनलाई स्याहार गर्ने अपरिचित मानिसबाट काेराेना सर्नसक्ने डरले स्थानीयहरु त्रसित भएका हुन् ।

लक डाउका कारणले ठेकेदार अाउन नपाएकाेले सराेकारवाला निकायहरुसँग सल्लाह गरेरै लकडाउन खुलुन्जेलका लागि त्यहाँ नर्सरीमा राखिएकाे बेलबारी बजार समितिका मनाेज सुवेदी बताउन ।

याे विपत्तिकाे बेलमा बाहिर लैजान कुनै विकल्प नभएपछि पशुहरुलाई सितल हुने ठाउँ हेरेर साे स्थानमा राखिएकाे सुवेदीकाे मत रहेकाे छ ।

त्यहाँ बाँधिएका पशुहरुकाे हालत पनि अति नै दयनीय रहेकाे छ । बाधिएका धेरैजसाे पसुहरु विरामी देखिन्छन् ।
डाेरीले लस्करै बाधिएका पशुहरुकाे उचित अाहारा र उपचारकाे पर्खाईमा छन् । कतिपय पशुहरु त उभिनसक्ने अवस्थामा समेत छैनन् ।

विशेष परिस्थितिले गर्दा पशुहरु त्यहाँ राेकिए पनि, पशुहरुकाे अवस्था नाजुक भएकाे, मरेका पशु समेत त्यति व्यवस्थित नभएकाेले पशुबाट राेग सर्ने डर त छदैट झन् त्यहाँ पशुलाई हेरचाह गर्न अाउने अपरिचित मानिसहरुका कारणने अाफूहरु त्रसित भएकाे स्थानीय बालकुमार तामाङ बताउछन् ।

केही स्थानीय त याे क्षेत्रबाट ती पशुहरु हटाउनु पर्नेमा बताउँछन् । विशेष परिस्थिती भएपनि मानव स्वास्थभन्दा ठूलाे कुरा नभएकाे उनीहरुकाे मत रहेकाे छ ।

स्थानीय डिल्लु गहतराज यस्ताे विषम परिस्थितीमा यस्ता विरामी पशु र अपिरचित मानिसबाट स्थानीयहरु त्रसित भएकाेले यी पशुहरु यहाँबाट हटाउनु पर्ने उनकाे मत रहेकाे छ ।

यता नगरपालिकाले भने मानववस्ती नजिक यस्ता विरामी पशुहरु बाँध्न नपाईने बताएकाे छ ।

नर्सरी बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीकाे रहेकाे, नगरप्रमुख अाफैले त्यहाँ ती पशुहरु बाँध्न अनुमति दिएकाे बताईरहँदा नगरप्रमुख सुवेदीले भने अाफू नगरवासीकाे सणवास्थ्यमा सचेत रहेकाे । मानवस्वास्थ्यलाई असर गर्ने गरि अाफूले गाईबस्तुहरु बाँध्न अनुमति नदिएकाे बताए ।

नगरप्रमुख सुवेदी भने – लकडाउनका कारणले गर्दा यातायात थप्प भएकाेले केही समयका लागि मानववस्तीलाई असर नगर्ने गरी केही ढाढा लगेर बाँध्न अनुमति दिईएकाे हाे । तर गाईबस्तुहरु मानववस्ती नजिकैकाे फिल्ड नजिक बाँधिएकाे मैले खवर पाएँकाे छु । खवर पाउनसाथ मैले त्यहाँबाट ती गाईबस्तुहरु हटाएर मानववस्ती भएकाे स्थानभन्दा टाढा लैजान निर्देसन दिसकेकाे छु ।