जस्तोसुकै विपत विरुद्ध पुर्व तयारीको योजना बनाउँदै बिपत ब्यबस्थापन समिति धनकुटा

  • २३ बैशाख २०७७, मंगलवार

धनकुटा जिल्ला विपत व्यवस्थापन समितिको बैठकले धनकुटामा हुन सक्ने जस्तो सुकै विपतलाई पनि व्यवस्थापन गर्नका लागि अहिलेदेखि नै सजकता अपनाई त्यसको तयारीमा पूर्व योजना सहित लाग्ने निर्णय गरेको छ ।
कोरोना भाईरस विरुद्ध अहिलेसम्म धनकुटामा भैरहेको अभियानको वारेमा समिक्षा गर्दै कोरोना भाईरसलाई धनकुटामा फैलन नदिई नियन्त्रण गर्नका लागि अझ सहजकता अपनाई सवैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने र मनसुन परिर्वतनसंँर्गै अब हुन सक्ने बाढी पहिरो प्रकोपलाई समेत ध्यान दिई विशेष योजनाका साथ पूर्व तयारी गर्ने लगायतका विभिन्न निर्णयहरु धनकुटा जिल्ला विपत व्यवस्थापन समितिको बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय धनकुटका सूचना अधिकारी जयराम श्रेष्ठले वताए  ।

प्रतिनिधि सभाका सदस्य राजेन्द्र राईले सो अवसरमा कोरोना भाईरसलाई धनकुटामा फैलन नदिन सवैको सहयोगबाट मात्र संभव हुने भएकाले अहिले भैरहेको प्रयासलाई अझ प्रभावकारी र सशक्त बनाउदै लानु पर्नेमा जोड दिनु भयो । उहाले जस्तो सुकै विपतलाई पनि सवैको सहयोगले सामाना गरी विपितलाई व्यवस्थापन गर्ने बताए  ।
यसैगरी १ नम्वर प्रवेश सभाका सांसदहरु निरन राई, कुसुम कुमारी श्रेष्ठ, लिला सुब्बा, रामचन्द्र( आर सी) तुम्बा लगायतले कोरोना भाईरसलाई फैलन नदिन लक डाउन एक मात्र विकल्प भएकाले लक डाउनलाई सवैले पालना गर्नु पर्नेमा जोड दिए।

धनकुटाका प्रमुख जिल्ला अधिकारी तथा धनकुटा जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष केशव प्रसाद विमलीको अध्यक्षतमा सम्पन्न भएको बैठकमा धनकुटा नगरपालिकाका मेयर चिन्तन तमाङ, महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल, छथरजोरपाटी गाउपालिकाका अधयक्ष शेर वहादुर लिम्बु, सहिदभूमी गाउंँपालिका अध्यक्ष मनोज राई, विपत व्यवस्थापन समितिका सदस्य तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई, जिल्ला स्वास्थ्य कार्यालय धनकुटका प्रमुख तुलसी प्रसाद गुरागाई लगायतले कोरोना भाईरस विरुद्ध संचालन गरेको अभियानको वारेमा जानकारी गराउंँदै आगामी कार्यक्रमहरुका लागि सुझाव प्रस्तुत गरेका थिए ।

बैठकमा नेकपा धनकुटका प्रतिनिधि नरेन्द्र पोखरेल, नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल, धनकुटा जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान, बरख गण सल्लेरी व्यारेकका गणपती कर्णेल भगावन सिंह थापा, जिल्ला प्रहरी कार्यालय धनकुटाका एस पी सुर्दशन कोइराला, सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म छिन्ताङ्ग धनकुटाका गुल्मपति डि एस पी सचिन कर्माचार्य, राष्टिय अनुसन्धान धनकुटाका प्रमुख संजय मण्डल लगायतका विभिन्न संघ संस्था तथा कार्यालयहरुका प्रमुखहरुको सहभागिता थियो ।