सुन्दरहरैंचामा साझा पार्टीको खुल्ला रक्तदान कार्यक्रम, ५३ प्रिन्ट रगत संकलन

  • २६ बैशाख २०७७, शुक्रबार

बेलबारी, माेरङ / साझा पार्टी निकट  “साझा युवा सङ्गठन गछियाकाे आयाेजनामा सुन्दरहरैंचामा वृहत् रक्तदान कार्यक्रम सम्पन्न  गरिएको छ ।

गछिया चाेकमा शुक्रबार गरिएकाे खुल्ला रक्तदान कार्यक्रममा ५३ प्रिन्ट रगत संकलन भएकाे गछिया साझा युवा सङ्गठनका सदस्य दीपक फुयालले बताए ।

लकडाउनका कारण उत्पन्न भएको रगतकाे अभावलाई थाेरै भए पनि न्यूनिकरण गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयाेजना गरिएकाे सङ्गठनका अध्यक्ष काशिनाथ सिग्देल बताउछन् ।

लकडाउनलाई असर नगर्ने गरी सामाजिक दुरी कायम गरेर नै रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे आयोजकले जनाएका छन् ।  रक्तदान कार्यक्रमकाे लागि नेपाल रेडक्रस साेसाईटी विराटनगर शाखाले प्राविधिक सहयाेग गरेको थियाे ।