बेलबारीमा हालसम्म १ सय २२ जनाको कोरोना जाँच, दलहरूको माग : परिक्षण तिब्र पारियोस्

  • ४ जेष्ठ २०७७, आईतवार

मोरङको बेलबारी नगरपालिकाले आरडिटी र पिसिआर प्रबिधिबाट १ सय २२ जनाको कोरोना परिक्षण गरेको छ ।

नगरपालिकाले हालसम्म र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) प्रबिधिबाट १ सय ९ जना र पिसिआर प्रबिधिबाट १३ जनाको कोरोना परिक्षण गरेको हो ।

 शनिबार ५ जनाको र्र्र्यापिड डाइग्नोष्टिक टेस्ट (किट) को प्रयोग वाट कोरोनाको परिक्षण गरेको छ ।

बाह्य देश तथा सक्रमित जिल्लाहरुवाट आएकाहरुको परिक्षण गरीएको बेलबारी नगरपालिकाका स्वास्थय शाखाका सन्तोष विश्वकर्माले बताए । उनका अनुसार परिक्षण गरीएका सवैको रिपोट  नेगेटिभ आएको छ ।

कोरोना परिक्षणलाई तिब्रता दिन संघ, प्रदेश तथा स्थानिय सरकारसँग माग

यसैबिच बेलबारीका राजनीतिक दलहरुले कोरोना परिक्षणलाई तिब्रता दिनका लागि संघ प्रदेश तथा स्थानिय सरकारसँग माग गरेका छन् । सर्वदलीय रूपमा एक बिज्ञप्ति निकाल्दै दलहरूले भिडभाड हुने स्थानमा सेनेटाइजर र टनेलको ब्यबस्थापन गर्न पनि दलहरूले माग गरेका छन्  ।

बिज्ञप्तिमा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याएको धन्यवाद ज्ञापन गर्दै यस कार्यलाई निरन्तरता दिन आग्रह गरीएको छ । बिपदको घडीमा सवै दललाई जुट्न समेत आग्रह गरीएको छ ।
नगरपालिकाले १० सदस्यीय सर्वदलिय सयंन्त्र बनाएर कोरोना रोग रोकथाम तथा राहत बितरणको काम गरीरहेको छ । नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको संयोजकत्वमा गठित कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगर समनब्य समितिमा उपमेयर ढाका कुमारी पराजुली सह संंयोजक छिन् । त्यस्तै सदस्यहरुमा पर्शुराम सुवेदी, रविन थापा, सम्भु भट्टटराइ, तिलक राई, भरत कुमार चौधरी, योगेन्द्र प्रसाद सुवेदी, ऋसिराज ढकाल र प्रदीप शाह (सदस्य सचिव) छन् ।

यसैगरी बेलबारी नगरपालिकाले हेल्थ तथा हेल्प डेक्सको स्थापना गरेर सेवा दिन थालेको छ । लकडाउनका कारण कार्यालयका कामहरु ठप्प भएपछि डेक्स  स्थापना गरेरे सेवा दिन थालेको नगरपालिका कार्यालयले जनाएको छ ।