आगामी आर्थिक वर्षका लागि बजेटको तयारी गर्दै बेलबारी नगरपालिका, विभिन्न पक्षसँग सुझाव लिइँदै

  • ४ असार २०७७, बिहीबार

बेलबारी नगरपालिकाले आगामी  आर्थिक वर्षको बजेटका सन्दर्भमा छलफललाई तीव्र बनाइएको छ ।

विभिन्न क्षेत्रबाट बजेटबारे सुझाव लिने कामलाई नगरपालिकाले तिब्र बनाइरहेको छ । राजनैतिक दल, नीजि क्षेत्र, विज्ञहरुसंगँ बजेटबारे सुझाव लिने काम भईरहेको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

दलका नेता तथा पदाधिकारीसँग भेटरै र निजी क्षेत्र, विज्ञहरुसँग भटेर तथा छलफल कार्यक्रमनै राखेर आगामि आर्थीक बर्षका लागि ल्याउन लागिएको निति तथा कार्यक्रममा छलफल गरीएको नगर प्रमुख सुवेदीले बताए ।

नगरपालिकाले सर्वपक्षिय भेलाको आयोजनानै गरेर बजेटको बिषयमा छलफल गरेको छ । बेलबारीका संघ सस्था तथा राजनैतिक दलहरुलाई सहभागि गराएर आर्थीक बर्ष ०७७÷०७८को निति तथा कार्यक्रमका लागि सुझाव मागेका थिए ।

सहभागिहरुले सुझाब दिदै अहिले सम्म बेलबारीले गरेका कामको प्रशंसा गर्दै आगामि बजेटलाई कृषि तथा स्वास्थ्यमा प्राथमिक्ता दिन माग गरेका छन्।

छलफललाई अझ तिब्र बनाएर सुझाव संकलन गरी निति तथा कार्यक्रम ल्याइने नगर प्रमुख सुवेदीले बताए । असार १० गते बेलबारीले निति तथा कार्यक्रम ल्याउने बुझिएको छ ।