बेलबारी नगरपालिकाले ल्यायो १ अर्ब १३ करोडको बजेट, सुत्केरीले पाउने भए ५ हजार

  • ११ असार २०७७, बिहीबार

बेलबारी नगरपालिकाले आर्थिक बर्ष ०७७/०७८ लागि १ अर्ब १३ करोड ५६ लाख ९ हजार ९ सय ६५ रुपैयांँ बजेट बिनियोजन गरेको छ ।

छैटौ नगरसभा अधिबेशनबाट नगरपालिकाले सो बजेेट बिनियोजन गरेको हो । बजेटमा चालु कार्यक्रम वा योजना  र प्रशासनिक खर्चका लागि ७३ करोड ५१ लाख ९३ हजार १ सय ६० रुपैयांँ र पुंँजीगत खर्चतर्फ ४०
करोड ४ लाख १६ हजार ८ सय ५ रुपैया बिनियोजन गरिएको छ ।

बजेेटमा नगरपालिकाले गौरवका आयोजनाका रुपमा गरिवसँग नगरपालिकालाई निरन्तरता दिइएको छ । जसमा  विपन्न परिवारलाई बस्तुगत राहत सहयोग तथा सिप क्षमता र सामान्य पुँजीको अभावमा जिविको पार्जन गर्न कठिन भएका ब्यक्ति वा समुहरुलाई उद्यमशिलतामा अग्रसर गराउनका लागि १ करोड ९६ लाख ५० हजार रुपैया बिनियोजन गरिएको छ ।

नगरपालिकाले आफनो गौरवकै आयोजनाका रुपमा लिभ्रा कम्पनीसँगको सहकार्यमा फोहोरमैला ब्यबस्थापन, २४ करोडको लागतमा बेलबारी कम्पेल्कस, रैझार पुल ,अमना सिसौल परियोजना, बेलबारी बहुमुखी क्याम्पस, रमिते पर्यटकिय क्षेत्र, उज्यालो बेलबारी कार्यक्रम, धनपालगढी, नगरपालिकाको भवन, सौर्य उर्जा आदि कार्यक्रमलाई लिइएको छ ।

नगर अधिबेशनले नगरका गौरवका केहि आयोजनालाई निरन्तरता दिएको छ भने केहि नयाँ थप गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

त्यस्तै कोरोनाका कारण बैदेशिक रोजगारीबाट फर्केका ब्याबसायिक सिप र क्षमता भएर पनि उद्यममा नलागेका स्थानिय युवाहरुलाई आफनै भुमीमा परिश्रम
र सहकार्य गराउंँदै युवाहरुलाई स्वरोजगार बनाउनका लागि १ करोड रकम बिनियोजन गरिएको छ ।

स्थानिय मौलिक खानाका प्रजातिहरुलाई उत्पादन प्रबर्धन तथा बजारीकरण र ब्रान्डिङ गर्न पहल गर्ने उल्लेख गरीएको छ ।

बांँझो जग्गा राख्न नपाइने निति

कृषिलाई आधुनिकरण र ब्याबसायिकरणका लागि  प्रोत्साहन गर्दै नमुना कृषि फर्म संचालन गर्ने, चाक्लाबन्दी खेति गर्ने,बांँझो जग्गा राख्न नपाइने निति लिने आदि समेत निति तथा कार्यक्रममा उल्लेख गरीएको छ । पशु स्वास्थ्यलाई प्रभावकारी बनाउनका लागि २२ जनालााई पशु प्राविधिक बनाउने निति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।

समुह तथा सहकारीसँगको सहकार्यमा फलफुलका विरुवा उत्पादन गर्न नर्सरी स्थपना गर्ने निति तथा कार्यक्रममा उल्लेख  छ । निति तथा कार्यक्रममा टिस्युकल्चर ल्यावको स्थापना गरी स्वस्थ बिरुवा उत्पादन गर्ने समेत उल्लेख गरीएको छ ।

बायर बोकाको स्रोत केन्द्र बिस्तार गर्नका लागि १ करोड २५ लाख

बजेटमा बायर बोकाको स्रोत केन्द्र बिस्तार गर्नका लागि १ करोड २५ लाख बिनियोजन गरिएको छ । ३ महिना भन्दा बढी समय खान नपुग्ने अति विपन्न परिवारका लागि खाध्य सुरक्षा तथा विपत सहजताका लागि १ करोड ब्यबस्था गरिएको छ । एक वडा एक उत्पादन साकार तुल्याउन प्रत्येक वडाले न्यूनतम ५ लाख
रुपैयांँ र वडाले नै फलफुल उत्पादनमा आत्मनिर्भर बनाउन २ लाख रुपैयांँ बजेट छुट्याइएको छ ।

बेलबारी प्रज्ञा प्रतिष्ठान गठन गरिने

बेलबारीका पर्यटकीय स्थलहरु धनपालगढी, रमिते, अमना सिसौली आदिलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजनालाइ निरन्तरता दिइएको छ । निति तथा कार्यक्रममा बेलबारी प्रज्ञा प्रतिष्ठान गठन तथा संचालन गरी कला सस्कृति संरक्ष्ण तथा प्रबर्धनमा पनि जोड दिइएको छ ।

२१ वटा सिमसारका रुपमा चिनिएको बेलबारीले नगरपालिका क्षेत्रभित्र रहेका विभिन्न ताल पोखरी र सिमसार क्षेत्रहरुको संरक्षण गरी त्यसलाई पर्यटकिय गन्तब्य स्थल बनाउने तथा ब्याबसायिक रुपमा प्रबर्धन समेत गर्ने निति नगरपालिकाले लिएको छ ।

आगामी शैक्षिक सत्रदेखि एउटा स्थानिय पाठ्यक्रम लागु गरीने
स्थानिय भाषाको संरक्षण र उत्थान गर्न आदिवासी जनजातिलाई सम्मान गर्दै धिमाल, थारु, चौधरी, राजबशी, खवास लगायततका अन्य जातिको स्थानिय भाषामा अध्यापन गरीने निति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।

निति कार्यक्रममा प्रथम जाति, दलित, आदिवासी जनजाति तथा विपन्न बर्गलाई शिक्षामा पहुंँच पुर्याउनका लागि छात्रबृतिको ब्यबस्थापन गर्ने , सुन्दर र हरित बेलबारीको अबधारणा सहित हरित बिद्यालय निर्माणका लागि एक बिद्यार्थी एक विरुवा अभियान संचालन गरिने उल्लेख छ । त्यस्तै सामुदायिक बिद्यालयमा अध्ययनरत उत्पिडित, असहाय, सिमान्तिकृत, आर्थिक अबस्था कमजोर भएका, अल्पसंख्यक तथा जेहेृन्दार बिद्यार्थीलाई छात्रबृत्ति कोषको ब्यबस्थापन गर्दै दलित, मुसर, डोम, चमार, मुसलमान आदि जातिका गरिव बिद्यार्थीहरुलाई गरिवसँग नगरपालिका कार्यक्रममा आबद्ध गराइने निति तथा कायक्रममा उल्लेख गरीएको छ ।

निति तथा कार्यक्रममा आगामी बर्षको अन्तसम्मा पुर्ण साक्षर नगरपालिका घोषणा गर्ने, बाल बिकास केन्द्रमा शिक्षण गराउने बालशिक्षिकाहरुलाई शिक्षणमा उत्प्रेरीत गर्न पोसाक भत्तालाई निरन्तरता दिदै खाजा भत्ताको समेत ब्यबस्थापन गर्ने, बिद्यालय कर्मचारीहरुलाई पोसाक भत्ताको ब्यबस्थापन गर्ने, समुह सुरपरिबेक्षण तथा बिेशषज्ञबाट २ महिनामा १ पटक बिद्यालय र शिक्षाको कक्षाको अबलोकन गर्ने निति तथा कार्यक्रममा जनाइएको छ ।  एउटा स्थानिय पाठ्यक्रमको निर्माण गरी आगामी शैक्षिक सत्रदेखि लागु गरीने समेत निति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।
१ वडा, १० युवा र एक उद्यम कार्यक्रम संचालन गरिने
निति तथा कार्यक्रममा खेल क्षेत्रको बिकास गर्न नगर तथा वडा मेयर कप, वडास्तरीय उपमेयर कप संचालन गर्दै एक वडा एक आकर्षक खेल मैदानको निति अनुरुप हरेक वडालाई खेलकुद जोन तोकिने र नगरस्तरीय राष्ट्रिय मापदन्डको रगशाला निर्माण गर्ने कार्यलाई जोड दिने उल्लेख छ ।

महिलाहरुलाई आत्मसुरक्षा गर्न र आत्मविश्वास बढाउन कक्षा ८ देखि १२ सम्मका छात्राहरुका लागि किसोरी आत्म सुरक्षा कार्यक्रम लागु गरीने निति तथा कार्यक्रममा उल्लेख गरीएको छ । युवाहरुको पलायन रोक्नका लागि १ वडा १० युवा एक उद्यम कार्यक्रम संचालन गर्न अवश्यक प्रकृर्या तथा कानुनी आधार तयार गर्ने समेत जनाइएको छ ।
असहाय वा बेबारीसे ब्यक्तिको नगरपालिकाले दाहसंकार गर्ने

कोभिड १९ को रोकथाम नियन्त्रणका लागि नगरपालिकाले स्थानिय राजनैतिक दल, निजि क्षेत्र सुरक्षा निकाय उद्योग वाणिज्य संघ लगायत अन्य सरोकारवालाहरु लगायत प्रदेश र सघिय सरकारसँग समन्बय गरी सवै प्रकारका उपयुक्त उपायाहरु अबलब्न गर्दै होल्डीङ एरियालाई समेत ब्यबस्थित बनाइने उल्लेख गरीएको छ । स्वास्थ्य विमाका लागि प्रत्येक वडामा ५ लाखका दरले बजेट बिनियाजन गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

त्यसैगरी नेपाल सरकारको निति अनुरुप नगर क्षेत्रमा  १५ शैयाको अस्पताल निर्माणको पहल नतिजामा पुर्याउन बिशेष पहल गरीने निति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।

आगामी आवमा ११ वटै वडामा आफनै भवनबाट स्वास्थ्य सेवा प्रदान गर्ने समेत नगरपालिकाले लक्ष्य लिएको छ ।

नगरपालिका क्षेत्रभित्र असहाय वा बेबारीसे ब्यक्तिको मृत्यु भएमा निजको दाहसंकार नगरपालिकाले गर्ने तथा शब बहान समेत यसै आवबाट संचालनमा ल्याइने भएको छ । सर्पदश उपचार केन्द्र स्थपना गरी संचालन गर्दै नगरपालिका स्तरीय फिजियो थेरापी सेन्टर स्थापना गरीने जनाइएको छ । ५ प्रकृतिका विरामीलाई दिदै आएको सुविधालाई निरन्तरता दिइएको छ ।

वर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई ५ हजार 
सबै स्वास्थ्य चौकीबाट आधारभुत ल्याव संचालनमा ल्याई एउटा आधुुनिक ल्याव समेत स्थापना गर्दै नगर क्षेत्रको वर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाहरुको लागि शिशु स्याहार भत्ता बापत प्रति सुत्केरी ५ हजार उपलब्ध गराइने  निति तथा तथा कायक्रममा उल्लेख छ ।

शहरी पुर्वाधार बिकास, भवन तथा आवास अन्तरगत
बिपन्नलाई छानो जस्तापाता कार्यक्रम, बसपार्क, सडक करिडोर (रिङरोड) निर्माणको सम्भाब्यता अध्ययन  थालनी,ब्यापारीक कम्पलेक्स निर्माण गर्ने कार्य थालनी, शित भन्डार तथा आधुनिक बधशाला निर्माण, मुल सडक, वडा कार्यालय जोडने तथा वाक्लो आवतजावत जोडने सडकहरुको स्तरोन्नती तथा ग्रामिण कृषि सडक सुधार कार्यक्रमलाई निरन्तरता दिइने समेत उल्लेख गरीएको छ ।
खानेपानी उर्जा ब्यबस्थापन अन्तरगत नगरपालिकाले उज्यालो बेलबारी संचालन गरी घरधुरी सर्वेक्षणका आधारमा अतिबिपन्न परिवारलाई अध्यारो मुक्त बनाउने निति लिएको छ । ठुला प्रकृतिका सिचाइका पुर्वधार बिकास, डिपबोरीङ, स्यालो ट्युवेल जस्ता पुर्वधार विकासका लागि संघ र प्रदेश सरकारसँग समन्य गर्ने समेत नगरशभामा पेश गरीएको निति तथा कार्यक्रममा उल्लेख छ ।

नगर क्षेत्रभित्रका सार्वजनिक स्थान चौकहरुमा खानेपानी धाराहरु तथा सार्वजनिक शौचालयहरु निर्माण गरिने जनाइएको छ ।
आगलागीबाट हुने क्षती न्यूनिकरणका लागि प्रभावकारी दमकल सेवाको संचालन र ब्यबस्थापन गरीने तथा बिपद न्यूनिकरण र ब्यबस्थाका लागि सबेदनशिल रहेका चिस्याङ, लोहोन्द्रा, केसलिया, बेतना, सिसौलीी, किस्ती, दार्लोकना ,कयर खोला, गयल खोला लगायतका सवै खोला खोल्सीहरुमा तटबन्धन र वायोइन्जिनियरिङ प्रबिधिलाई जोड दिने जनाइएको छ ।

अन्य बर्ष झैँ जनप्रतिनिधि र केही संचारकर्मीहरुको उपस्थितिमा उपमेयर ढाकाकुमारी पराजुलीले निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी थिइन् । बिराटनगर, पथरी र उर्लाबारी सम्मका सञ्चारकर्मीहरु बोलाइएको भएपनि स्थानीय क्षेत्रमा रहेका सञ्चारकर्मीहरुलाइ नगरसभा अधिवेशन शुरु हुने दिन मात्रै बोलाइएको थियो । ढिलो बोलाइएको र केराबारी, सुन्दरहरैँचा लगायत आसपासका स्थानीय तहहरुको नगर तथा गाउँसभा अधिवेशन भएकोले पनि हुनसक्छ, नगरसभा अधिवेशनमा बेलबारीमै रहेर पत्रकारिता गरिरहेका मध्ये थोरै सञ्चारकर्मी मात्र उपस्थित थिए ।