लकडाउनको चर्को मारमा परे धनकुटाका व्यूटीपार्लर र शैलुनवालाहरु पनि

  • १९ असार २०७७, शुक्रबार

सौन्दर्य कला व्यावसायी संघ धनकुटा र नेपाल नाई संघ धनकुटाको पदाधिकारी तथा सदस्यहरुले व्यावसाय संचालन गर्ने वातावरण बनाई दिन माग गर्दै धनकुटा उद्योग बाणिज्य संघलाई ज्ञापन पत्र बुझाएका छन् ।

लक डाउनको समयमा पनि अन्य व्यावसायहरु सरकारले संचालन गर्न दिएता पनि व्यूटी पार्लर र हेयरकटिङ्ग संचालन गर्न अनुमती नदिएका कारण व्यूटीपार्लर र हेयर कटिङ्ग व्यावसाय ठूलो मारमा परिरहेकाले सुरक्षित साथ व्यावसाय संचालन गर्न वातावरण बनाउन पहल गरी दिन धनकुटा उद्योग बाणिज्य संघलाई उनीहरुले अन्र्तक्रिया तथा छलफल कार्यक्रममा माग गरेका हुन् ।

धनकुटामा भएको छुट्टाछुट्टै कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघ अध्यक्ष विजय सन्तोषी राई, कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्य रेजिना पलिखे लगायतले अन्य व्यावसायहरु क्रमश संचालन हुदै आएता पनि व्यूटीपार्लर र कपाल काट्ने व्यावसाय बन्द भैरहता व्यावसायी ठूलो मारमा परीरहेकाले उनीहरुलाई सरकारले उचित क्षतीपूर्ती दिनु पर्ने वताए । उहाहरुले व्यूटीपार्लर र हेयर कटिङ्ग व्यावसाय कोरोना भाईरस फैलन सक्ने जोखिम भएकाले सुरक्षित र परपर्दो ढंगले व्यावसाय संचालन गर्नका लागी वातावरण बनाउन पहल भैरहेको वताए ।

सौन्दर्य कला व्यावसायी संघ संगको कार्यक्रममा सौन्दर्य कला व्यावसायी संघ धनकुटाका अध्यक्ष दिवश किरण श्रेष्ठ,सचिव एलिना श्रेष्ठ,सहसचिव सानुमाया श्रेष्ठ, सदस्यहरु मनु खवास आठपहरीया, खड्गमाया राई लगायतले व्यूटीपार्लर व्यावसायीहरु अहिले ठूलो मारमा पर्दा पनि राज्यले नहेरेको गुनासो गरे ।

उनीहरूले तत्काल राज्यले व्यावसायीहरुलाई विभिन्न किसिमका राहतहरु उपलब्ध गराउनु पर्ने माग गर्दै व्यावसाय संचालन गर्ने वातावरण बनाई दिन माग गरेका छन् । उनीहरुले व्यावसायीहरुलाई अनुदान लगायत दरमा ऋणको उचित व्यवस्था सरकारले गर्नु पर्ने वताए ।

यसैगरी नेपाल नाई संघ धनकुटासंग भएको कार्यक्रममा नेपाल नाई संघ धनकुटाका अध्यक्ष सुधिर ठाकुर, उपाध्यक्ष सतिश ठाकुर, कोषाध्यक्ष सोनु ठाकुर, सदस्यहरु तलित ठाकुर, निक्की ठाकुर लगायतले कपाल काट्ने व्यावसाय सवै व्यावसाय संचालन हुदा पनि सरकारले संचालन गर्न अनुमती नदिदा पुरै मारमा परेकाले राज्यले तत्काल क्षतीपूर्ती दिनु पर्ने र सुरक्षित ढंगले संचालन गर्न दिनु पर्ने माग गरे ।

धनकुटा उद्योग बाणिज्य संघले उक्त कार्यक्रमहरुमा सौन्दर्य कला व्यावसायी संघ धनकुटा र नेपाल नाई संघ धनकुटाका पदाधिकारी तथा सदस्यहरुलाई कोरोना विरुद्ध सुरक्षित तथा स्वास्थ्य समाग्रीहरु र औषधी वितरण गरेको थियो ।

नेपाल नाई संघ धनकुटा र सौन्दर्य कला व्यावसायी संघ धनकुटाले राहत र उचित क्षतीपूर्ती उपलब्ध गराउन र व्यावसाउ संचालन गर्ने वातावरण बनाई दिन धनकुटा उद्योग बाणिज्य संघलाई ध्यानर्कषण पत्र सहित ज्ञापन पत्र बुझाएका छन ।