टोलटोलमा पाठशाला, घरघरमा पढाई : टोल टोलमै पुगेर विद्यार्थी पढाउँदै बेलबारीका सामुदायिक स्कुलहरु

  • २६ असार २०७७, शुक्रबार

केशु विरही, बेलबारी, माेरङ/ कोरोना भाइरसका कारण विश्व आक्रान्त छ । लकडाउनपछि बन्द भएका शैक्षिक संस्थाहरु अझैसम्म पनि खुल्न सकेका छैनन् । र तुरुन्तै खुलिहाल्ने अबस्था पनि देखिन्न । लामो समयसम्म विद्यालयहरु बन्द हुँदा विद्यार्थी तथा अभिभावकहरुमा अब के हुने भन्नेमा ठूलाे अन्याेल रहेकाे छ । यस्ताे अन्यालका विच पनि बेलबारी नगरपालिका क्षेत्रमा भने घरघरमा पुगेर विद्यार्थीहरुलाई पढाउने काम भैरहेकाे छ ।

लामाे समयसम्म विद्यालय नखुल्दा विद्यार्थी तथा अभिभावकहरु अन्याेलमा रहेकाे बेलामा बेलबारी नगरपालिकाका केही सामुदायिक विद्यालयहरुले घरघरमै पुगेर विद्यार्थीहरुलाई पढाउन थालेका हुन् ।

बेलबारी नगरपालिकाकाे शिक्षा शाखाले दिएकाे जानकारी अनुसार बैकल्पिक विधिमार्फत २०/२५ जनासम्म विद्यार्थी राखेर टोलटोलमा पठन पाठन गराउन थालिएकाे छ ।

विभिन्न चुनाैतिका विच पनि विद्यार्थी तथा अभिभावकमा रहेकाे अन्याेललाई अन्त गर्न समुदाय नजिक रहेका मठमन्दिर, सामुदायिक भवन तथा नीजि घरहरुमा समेतकाे प्रयाेग गरेर विद्यालयहरुकाे पठन पाठनलाई निरन्तरता दिएकाे बेलबारी -८ मा रहेको जनता माविका प्रध्यानाध्यापक जनक तिम्सिना बताउंँछन् ।

बजार क्षेत्रका ठूला नीजि विद्यालयहरुले अनलाइन कक्षा संचालन गरिरहेकाे तर विद्यार्थी सहभागिता न्यून भैरहेकाे बेलामा बेलबारीका सामुदायिक विद्यालयहरुले टोलटोलमा कक्षा सञ्चालन गरेकाे याे विधि प्रभावकारी भएकाे जानकारहरु बताउँछन ।

विश्न नै काेराेनाकाे सकटमा परेको बेलामा, अर्थात सारा देश नै निदाएकाे बेलामा बेलबारीका सामुदायिक विद्यालयहरुले सुरु गरेको यो अभियानले अभिभावकलाई ठूलाे राहात मिलेकाे अविभावक उपेन्द्र राइ बताउँछन ।

काेराेना सङ्क्रमण दिनानुदिन बढिरहेकाे बेलामा विद्यार्थी जम्मा गरेर कक्षा संचालन गर्दा काेराेनाकाे जाेखिम वढ्छ भनेर बिराेधका आवाज पनि बाहिर आईरहेका छन । यसरी विद्यार्थी जम्मा गरेर कक्षा संचालन गर्दा काेराेनाकाे सङ्क्रमण बढ्दैन ? भन्ने प्रश्नमा लक्ष्मी मावि लक्ष्मीमार्गका प्रधानाध्यापक गाेविन्द भण्डारी विशेष सावधानी अपनाएर मात्र पठनपाठन गरिएकाे हुनाले सङ्क्रमण नबढ्ने बताउँछन ।

उनी भन्छन- हाम्राे याे कार्यलाई नगरपालिका, शिक्षा शाखा तथा सबै अभिभावकहरुबाट पनि नियमित रुपमा अनुगमन भैरहेकाे छ । हामी विशेष सचेतताका साथ काम गरिरहेका छाैँ ।”

 अरु विद्यालयले पनि सुरु गर्ने भए यही विधि :-

अरु विद्यालयले टाेलटाेलमा विद्यार्थी भेला गरेर पठनपाठन सुरु गर्न थालेको अनुगमन कार्यमा समेत संलग्न रहँदै आएका बेलबारी -२, को कविर माविका प्रधानाध्यापक दुर्गाप्रसाद गाैतम बताउँछन् । आफूहरुले पनि अभिभावकका घरघरमा पुगेर पढाईबारे जानकारी लिने काम गरिरहेकाे उनले बताए । याे विधि प्रभावकारी देखिएकाेले अब स्थानकाे निर्धारण गरेर आफूहरु पनि पठनपाठन सुरु गर्ने तयारीमा रहेको गौतम बताउँछन् ।

उता बेलबारी ८ मा रहेकाे जनता माविले बैकल्पिक विधिमार्फत सुरु गरेकाे पठनपाठन भने अरु विद्यालयकाेभन्दा वढी प्रभावकारी देखिएकाे छ ।

यता बेलबारी बजारमा रहेकाे भगवती माविले याे विधिबाट पठनपाठन सुरु गर्ने भनेर सूचना समेत जारी गरिसकेकाे शिक्षा शाखाले जनाएकाे छ ।

विद्यार्थी पनि मख्ख :-

लामाे समयदेखि विद्यालय बन्द भएर पठनपाठन समेत राेकिएकाे अवस्थाम वैकल्पिक विधिबाट भए पनि पढ्न पाएकाेमा विद्यार्थीहरु पनि खुसी देखिएका छन् । डेस्क बेन्चमा बसेर पढदै आएका विद्यार्थीहरुलाई अहिले सुकुल, गुन्द्री, चकटी, तथा म्याड ओछ्याएर पढ्नु परेकाे छ । कति ठाउँमा त ह्वाईट वोडकाे समेत व्यवस्था समेत नभए पनि यस्ताे विषम परिस्थितिमा विद्यालयले पढ्ने व्यवस्था मिलाई दिएकाेमा खुसी लागेको  विद्यार्थीहरु बताउंँछन् ।

न्रलबारीलाई ब्यूझाउने कार्यमा छाैँ – शिक्षा शाखा प्रमुख :-

बेलबारीकाे शैक्षिक सुधारमा लागिरहेका शिक्षा शाखा प्रमुख भूपेन्द्र काेईराला बेलबारीवासी पनि हुन् । स्थानीयबासी भएकाे नाताले मात्र नभएर आफू एक जिम्वेवार निकायकाे प्रमुख भएकाे नाताले पनि नगरकाे शैक्षिक सुधारमा लागिरहेकाे र लागिरहेको कोइराला  बताउँछन् ।

‘पाएकाे जिम्मेवारी पुरा गर्नुपर्छ, यदि पूरा गर्न सकिन्न भने ठाउँ छाडिदिनु पर्छ’ कोइराला भन्छन् शिक्षामा ल्याएकाे परिवर्तनका कारण धेरैकाे आँखाकाे ताराे पनि भइएको छ  ।

लकडाउन भएको लामो समयसम्म विद्यालयहरु खुल्ने अबस्था नदेखिएपछि नगरपालिकाले विद्यार्थीहरुको अवस्थाको सर्वेक्ष्ण गरेको र धेरै विद्यार्थीहरुमा इन्टरनेट, टिभि रेडियोको जस्ता सामग्रीको पहुंँच नपुगेको हुनाले   टोल टोलमा गएर पढाउन विद्यालय तथा शिक्षकहरुलाई प्रोत्साहन गरिएको शाखा प्रमुख कोइराला बताउंँछन ।

बेलबारी नपालिकामा ३१ वटा सामुदायिक विद्यालयमा ८ हजार ६६ जना बिद्यार्थी छन् । सबै विद्यार्थीलाई असार मसान्त भित्रमा दुर शिक्षामा सहभागी गराउने लक्ष्य लिइएको नगरपालिकाले जनाएकाे छ । साथै असार मसान्त सम्ममा ३४ स्थानमा निशुल्क वाइफाई समेत जडान गर्ने नगरपालिकाले जनाएको छ ।

यसरी अभिभावक तथा विद्यार्थीहरु अन्याेलमै रहेकाे बेलामा स्थानीयस्तरमा संचालन गरेकाे “टाेलटाेलमा पाठशाला” कार्यक्रमलाई वैकल्पिक शिक्षण विधि मानिएको छ ।