माल्टामा पनि बिस्तार भो मोरङसुनसरी सेवा समाजको शाखा

  • ४ श्रावण २०७७, आईतवार

मोरङसुनसरी सेवा समाजको  आठौं शाखाको रूपमा माल्टा शाखा बिस्तार  भएको छ ।

यूरोपियन मुलुक माल्टामा रहेका मोरङ सुनसरीबासीहरुको भेलाले मोसुको नयाँ शाखा गठन भएको हो ।

नवगठित तदर्थ समितिमा तेज माझी संयोजक छन् ।
तदर्थ समितिमा चन्द्रकला राई उप संयोजक, सुवास तिम्सिना सचिव, सरिन कटुवाल सह– सचिव र सुजना खड्का कोषाध्यक्ष छन् । त्यसैैैगरी सदस्यहरुमा रोसन निरौला, जोनाधन मगर, अनु कडरिया, मन्जिल केसी,  मनिस गुरुङ र अस्मित रिजाल छन् ।

त्यसैगरी भेलाले सल्लाहकार : निरज ढकालको संयोजकत्वमा सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा शंकर राय र आकाश राजवंशी सदस्य छन् ।