करको सहजीकरणका लाागि धनकुटा उद्योग बाणिज्य संघद्वारा हेल्प डेस्क सञ्चालन

  • १० श्रावण २०७७, शनिबार

धनकुटाले करदाता सेवा कार्यालय धनकुटाको समन्वय तथा सहयोगमा धनकुटा उद्योग बाणिज्य संघले उद्योगी, व्यापारी तथा व्यावसायीहरुका लागि कर हेल्प डेस्क स्थापना गरी संचालन गरेको छ ।

संघले कर बुझाउन आउने उद्योगी, व्यापारी तथा व्यावसायीहरुलाई कर सम्वन्धी जानकारी गराउने र सहजीकरण गरी सहयोग गर्न धनकुटामा हेल्प डेस्क संचालन हुन थालेको हो ।

हेल्प डेस्कमा धनकुटा उद्योग बाणिज्य संघले दुई जना लक्ष कर्मचारीहरु परिचालन गरिएकोले उनीहरुले उद्योगी, व्यापारी तथा व्यावसायीहरुलाई करको वारेमा जानकारी गराउने र कर बुझाउन आउनेहरुलाई कर बुझाउनका लागि सहजीकरण गरी सहयोग गरीरहेको धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले वताए ।

धनकुटामा संचालन गरिएको हेल्प डस्क शुभारम्भ कार्यक्रममा करदाता सेवा कार्यालय धनकुटाका प्रमुख रमेश ढकाल, धनकुटा उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, महिला उपाध्यक्ष निर्मला राई श्रेष्ठ, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु रेजिना पलिखे, रेवती प्रसाद अधिकारी, सुनिता थापा, उज्वल कर्माचार्य लगायत उपस्थित थिए ।

हेल्प डेस्क संचालनले उद्यमी, व्यावसायी र व्यापारीलाई करको वारेमा जानकारी हुने र कर समयमानै बुझाउनका लागि उत्साहित गर्ने उद्योग बाणिज्य संघले जनाएको छ ।