‘कोभिड–१९ फोटो प्रतियोगिता’ मा भाग लिने हो ? जसले पनि भाग लिन पाइन्छ नि

  • ११ श्रावण २०७७, आईतवार

फोटो पसल प्रालिले ‘कोभिड–१९ फोटो प्रतियोगिता’ गर्ने भएको छ ।

कोरोना भाइरस (कोभिड– १९) ले नेपालको सामाजिक आर्थिक एंव व्यक्तिगत रुपमा पारेको प्रभावलाई फोटोका माध्यमबाट दर्शाउंँदै फोटो  संहग्र गर्नने तथा कोरोनाले पारेको असर र प्रभावबारे भावी पुस्तालाई दस्तावेजका रुपमा देखाउने उद्देश्यले  कोभिड १९ फोटो प्रतियोगिता आयोजना गरिएको संयोजक हरी पाण्डेले बताए  ।

विश्व फोटो दिवस अगस्ट १९ को अबसरमा कोभिड १९ संग सम्बन्धी फोटोलाई प्रमुखतामा राखेर आयोजना गरिएको प्रतियोगितामा आम नेपाली नागरिकले सहभागीता जनाउन सक्नेछन् । देश तथा विदेशमा रहेका फोटोग्राफर, फोटो पत्रकार र फोटोग्राफी सम्बन्धी रुची राख्ने नेपालीहरुले समेत यस प्रतियोगितामा नि:शुल्क सहभागी हुन सक्ने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुनका लागि फेसबुक पेजमा रहेको जिमेलमा आफैले खिचेको ओरजिनल फाइल फोटो कम्तिमा पनि ठुलो साइजमा प्रिर्न्ट गर्न मिल्ने गरी पठाउनु पर्ने छ ।  प्रतियोगिताको बिजेता छनोटका लागि आयोजकले वरिष्ठ फोटोग्राफर, वरिष्ठ फोटो प्रत्रकार लगायतको ३ सदस्यीय निर्णायक मण्डल छनोट गरेको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार रू २५ हजार, दोस्रो पुरस्कार रू१० हजार र तेस्रो पुरस्कार रू ५ हजार सम्मान स्वरूप प्रदान गर्ने निर्णय फोटा पसल प्रालिले जनाएको छ ।
यस प्रतियोगितामा सहभागीले पठाएका फोटाहरु आयोजक कमिटिले सहज परिस्थिति आएपछि अनलाइन वा अफलाइनमा प्रर्दशनी गर्न पाउने छ । यदि प्रतियोगि मध्येका कुनै फोटो विक्री वितरण भएमा उक्त फोटो बिक्रीको आधा रकम सम्वन्धित फोटोग्राफरले समेत पाउनेछन् ।

प्रतियोगिहरूले आफुले पठाउने फोटो प्रविधि प्रयोग गरी लाइट वा कलर चलाएर राम्रो बनाएर पठाउन सक्नेछन्  । पठाउने फोटो कोभिड–१९ सम्वन्धि जनचेतना, सुचना एवं यसको प्रभावलाइ उजागर गराउने विषय वस्तुमा केन्द्रित हुनुपर्ने संस्थाका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले बताए ।