कतारमा जनही साढे ४ लाख रुपैयाँ भन्दा बढी नगदसहित पुरस्कृत भए चार नेपाली कामदारहरु

  • ४ भाद्र २०७७, बिहीबार

लामो समयदेखि सेवारत नेपालीहरुलाइ नासर अल अली कम्पनी कतारले नगदसहित पुरस्कृत गरेको छ ।
आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेजले  आफ्ना चार नेपाली कर्मचारी अबीर बहादुर राई, पञ्चे राई, छिरिंग राई र दशरथ मुसहरलाई १० वर्ष लामो सेवा, आफ्नो समर्पण इमान्दारिता तथा उत्कृष्ट काम गरेवापत् प्रत्येकलाई जनही  १५ हजार अर्थात झण्डै साढे ४ लाख रुुपैयाँ सहित सम्मानित गरेको हो । नासर अली अल अली, कम्पनीका मालिकले एक कार्यक्रमका विच ती कर्मचारीहरुलाई नगद हस्तान्तरण गरेका छन् ।                                               कम्पनीका मालिक नासर अली अल अली भन्छन् “मलाई गर्व लाग्छ कि गत १० बर्षको सेवामा यी कामदारहरुले वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा समेत योगदान पुर्याइका छन् । उनीहरुको कामको सराहना गर्दै उत्साहको टोकन कम्पनी व्यवस्थापन मार्फत म मेरो प्रत्येक कर्मचारीलाई १५ हजार प्रदान गर्दछु । मलाई आशा छ कि मेरा कर्मचारीहरूले अझ बढी सफलताहरू प्राप्त गर्न उनीहरूको बफादारी र प्रतिबद्धतालाई आगामी दिनमा पनि जारी राख्नेछन् ।
पुरस्कृत अबिर बहादुर राई, पञ्च राई, छिरिंग राई र दशरथ मुसहर नेपालको गरिब परिवारका हुन् । उनीहरु २००९ मा नासर अल अली इन्टरप्राइजेज कम्पनीमा निर्माण श्रमिकका रूपमा आएका थिए । अहिले उनीहरु दक्ष कामदारका रुपमा कम्पनीमा कार्यरत छन् ।
अबिर बहादुर राई नासर अल अलीको कम्पनीमा काम गर्न पाउँदा आफुलाई भाग्यमानी महसुस गर्छन् र भन्छन्  “म भाग्यशाली छु, किनभने मैले यस कम्पनीबाट सीप सिक्न सकेंँ र आर्थिक जोहो समेत गर्न सकेको छु” ।                                                         छिरिंग राईले पनि नासर अल अलीको सराहना गर्दै नासर अल अलीको कम्पनीलाई अत्यन्त राम्रो रोजगारदाताको रूपमा लिएका छन् । पञ्च राई आफुले पाइको नगद आफ्नो छोराछोरीहरूको शिक्षाको लागि खर्च गर्न चाहन्छन् ।                                                           अर्का कर्मचारी दशरथ मुसहरले आफ्नो रोजगारदाता नासर अल अलीलाई आफ्नो सफलताको स्रोतका रूपमा लिएका छन् । सुरुमा उनले कतारमा दुईवर्ष काम गर्ने योजना गरेका थिए । यो कम्पनीले प्रदान गरेको सेवा र सुविधा देखेर उनलाई कम्पनीमा निरन्तर काम गर्ने सोच आयो र उनले लगातार सोही कम्पनीमा १० वर्ष विताइ सकेका छन् ।उनले यस कम्पनीमा एउटा परिवारका सदस्य जस्तै भएर काम गर्न पाउनु र भैपरी आउने समस्याहरुको लागि कम्पनीबाट सहयोग पाउनु नै हाम्रो कम्पनी र स्वयम आफुहरुको सफलता सम्झेका छन् । मुसहरले गर्वसाथ यस कम्पनीबाट आर्थिक जोहो र कामको दक्षता हासिल गरेको कुरा व्यक्त गरे ।
नासर अल अली इन्टरप्राइजेज कम्पनीले गत जुलाईमा पनि एकै दिन नेपाल, भारतीय र बंगलादेशका आफना कम्पनीमा कार्यरत  १० कर्मचारीहरूलाई पनि उत्कृष्ट काम गरेवापत् प्रत्येकलाई १ हजार नगद सहित पुरस्कृत गरेका थिए ।                                           र यो पनि ……

कतारका दानी कम्पनी मालिक, जसले मोरङका एक कामदारलाई दिए साढे ४ लाख इनाम

कतारको एक कम्पनीका मालिक जो कामदारका छोराछोरीको पढाई खर्च पनि दिन्छन्

कतारमा कार्यरत आठ नेपाली, जसले पाए जनही १ लाख १५ हजार रुपैयाँको इनाम