नि:शुल्क गर्नुको सट्टा पिसीआरको शुल्क तोक्दै सरकार, सस्तोमा परिक्षण गराउँदै डा. शर्मा

चुनाव जित्नेभन्दा जिम्मेवार देखिए चुनाव हार्ने

  • २९ भाद्र २०७७, सोमबार

सरकारले पीसीआर परीक्षण शुल्क ४४ सय तोकेका बेला केही साता अघि मात्रै काठमाडौं मेडिकल कलेजको अध्यक्ष बनेका डा. सुनिल शर्माले गत सोमबारदेखि सरकारले तोकेको भन्दा १९ सय रुपैयाँ कम अर्थात २५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाए ।

गत प्रतिनिधि सभा निर्वाचनमा मोरङको क्षेत्र नं.३ बाट चुनाव जितेर मन्त्री भएका भानुभक्त ढकालले नेतृत्व गरेको स्वास्थ्य मन्त्रालयले महँगो शुल्क तोकिरहँदा तोकेको भन्दा झण्डै आधा शुल्कमै नेपालकै सबैभन्दा सस्तो शुल्कमा डा. शर्माले पीसीआर परीक्षण गराउन थालेपछि मन्त्रालयलाई नैतिक संकट पर्यो । मन्त्रालयले पीसीआर परीक्षण शुल्क ४४ सय तोकेका बेला ढकालसँगै हारेका डा. शर्माले मन्त्रालयले तोकेको भन्दा १९ सय कम शुल्कमा निजी क्षेत्रबाटै पीसीआर परीक्षण गराउन थाले ।                                                    निजी क्षेत्रले २५ सयमै पीसीआर परीक्षण गराइ रहँदा सरकारले ४४ सय शुल्क तोकेर जनतालाई राहतको सट्टा आहात दिएको भन्दै सरकार र मन्त्री ढकालको आलोचना भयो । बिदेशी दातृ निकायबाट अरबैंको किट निःशुल्क पाउँदा पनि सरकारले निःशुल्क किट उपलब्ध गराएर सहुलियतमा परीक्षण गर्ने बातावरण नमिलाएको भन्दै आलोचना भएपछि सरकार बल्ल शुल्क घटाउन बाध्य भयो ।

त्यसो त शर्मा नै संचालक रहेको नोबेल हस्पिटल बिराटनगरले पनि यस अघि नै सरकारले तोकेभन्दा सस्तो रेटमा पिसीआर परिक्षण गर्ने घोषणा गरिसकेको छ । तर हालसम्म नोबेलमा पिसीआर परिक्षण शुरु भइसकेको छैन । हाल पिसीआर मेसिन ल्याइसकेको र केही दिनभित्र नै सरकारले तोकेभन्दा कम शुल्कमा पिसीआर परिक्षण शुरु हुने हस्पिटलले जनाएको छ ।                                                  डा.शर्माले शुल्क घटाएको एक सातापछि मन्त्रालयले पनि शुल्क घटाउने निर्णय लिएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार पुरानो शुल्क भन्दा २५ सय कम गर्दै आईतबारबाट पीसीआर परीक्षण शुल्क २ हजारमा झारेको हो । अब, सबै सरकारी तथा निजी प्रयोगशालाले पीसीआर परीक्षण बापत २ हजार भन्दा बढी शुल्क लिन नपाउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

यता, सरकार भन्दा पहिले नै शुल्क घटाएर चर्चामा आएका डा. शर्माले पनि शुल्क घटाउने सरकारी निर्णय स्वागतयोग्य रहेको र सरकारले ढिलै भएपनि जनपक्षिय निर्णय लिएको बताएका छन् । सरकार सकारात्मक बनेमा निजी हस्पिटलले पनि १५ सयमै पीसीआर परीक्षण गराउन सकिने डा.शर्मा बताउँछन् ।     काठमाडौं मेडिकल कलेजमा १९९९ मा पीसीआर परीक्षण                                                       काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले १९९९ मा पीसीआर परीक्षण गर्ने भएको छ । मंगलबार (भोली) बाट लागु हुने गरी उक्त शुल्क निर्धारण गरिएको कलेजले जनाएको छ ।

यसअघि सरकारले तोकेको भन्दा १९ सय कम शुल्कमै केएमसीले पीसीआर परीक्षण गर्दै आएको थियो । सरकारले ४४ सय पीसीआर परीक्षण शुल्क तोकेका बेला केएमसीका अध्यक्ष डा.सुनिल शर्माले २५ सयमै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएका थिए ।

सरकारले अहिले पुनः पीसीआर परीक्षण शुल्क घटाएर २ हजार कायम गरेको छ । सोही अनरुप केएमसीले पनि शुल्क पूननिर्धारण गर्दै १९९९ मा झारेको हो ।