बालबालिकाको क्षमता अभिवृद्धि गर्ने अभिप्रायले बेलबारीमा ‘बालप्रतिभा पहिचान कार्यक्रम’

  • ३१ भाद्र २०७७, बुधबार

बेलबारी, माेरङ/ बालबालिकामा  रहेकाे आन्तरिक क्षमताकाे अभिवृद्धि गर्ने अभिप्रायले बेलबारीमा “बालप्रतिभा पहिचान कार्यक्रम” संचालन गरिएको छ ।

बालदिवसकाे अवसर पारेर ड्रिम्स साईकल नामक संस्थाले बेलबारी ३ मा रहेकाे भगवती माविमा आयाेजना गरेकाे कार्यक्रममा बेलबारी नगरभरिका बालबालिकाले भाग लिएका छन् ।

कार्यक्रममा छबटा विभिन्न विधामा प्रतियाेगिता समावेस गरिएका छन् ।

काेराेनाका कारणले भिडभाड गर्न नमिल्ने भए पछि अनलाईन माध्यमबाट आह्वान गरि बालबालिकाले तयार पारेर ल्याएका सामग्रीहरुलाई प्रतियाेगिमा सामेल गरिएका छन् । प्रतियाेगितामा बेलबारी नगरभरिका विभिन्न ३२ जना बालबालिकाहरुकाे सहभागिता रहेकाे कार्यक्रम संयाेजक सनम खतिवडा बताउँछन् ।

विज्ञान प्रविधि, चित्रकला, साहित्य गरि विभिन्न विधाका उत्कृष्ट बालबालिकालाई छनाेट गरि पुरस्कृत गरिने आयाेजकले जनाएकाे छ ।

काेराेनाका कारण विद्यालय बन्द भएर घरमै बसिरहेका बालबालिकालाई लक्षित गरेर अायाेजना गरिएकाे यस्ताे कार्यक्रमले विद्यालय बन्द रहँदा पनि बालबालिकाले केही न केही सिकिरहेका हुन्छन् भने कुराकाे प्रमाण दिने विज्ञान शिक्षक अभय लिम्बूकाे मत रहेकाे छ ।