ब्यबस्था सुध्रियो तर सुध्रिएन जनताको अबस्था, बेलबारी सहित विभिन्न स्थानमा मनाइयो पाँचौं संबिधान दिवस

  • ३ आश्विन २०७७, शनिबार

देशकाअ विभिन्न स्थानम दीप प्रज्वलन गरेर पाँचौ संविधान दिवस मनाईएकाे छ ।

शनिबार मोरङका विभिन्न स्थानहरुमा पनि दिप प्रज्वलन गरियो । त्यस क्रममा वेलबारी, लालभित्ति लगायतका स्थानमा मैनबत्ति बालेर संबिधान दिवस मनाइएको छ ।  लालिगुराँस युवा समूहकाे आयाेजनामा बेलबारी नगरपालिका वार्ड न ं २ मा आयाेजना गरिएकाे कार्यक्रममा दीप प्रज्वल गर्दै संविधानकाे पूर्ण परिपालना गर्न सबैलाई आग्रह गरिएकाे छ ।                                        पछिल्लाे समय सम्बिधानकाे मूलमर्ममाथि प्रहार भैरहँदा यसरी संविधान दिवस मनाउनेहरुले चाहिँ संविधानकाे अक्षूर्ण पालना हुनुपर्नेमा जाेड दिएका थिए ।

बेलबारी नगरपालिका वार्ड नं २ का अध्यक्ष घनश्याम गाैतमकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे दीप प्रज्वलन कार्यक्रमको संयोजन आयाेजक संस्था लालीगुराँस समूहका अध्यक्ष सुवाश गिरीले गरेका थिए ।

त्यस्तै शनिबार नै पूर्व पश्चिम राजमार्गमा पर्ने लालभित्ती चाेकमा ‘सहयाेगी हातहरु’ नामक संस्थाकाे आयाेजनामा दीप प्रज्वलन तथा गरीव तथा विपन्न बालबालिकालाई सहयाेग समेत गरिएकाे थियाे ।

यता संविधान दिवशकाे पाँचौ  उत्सव मनाईरहँदा जनताकाे अवस्था भने जहाँकाे त्यही रहेकाे, लाेकतन्त्र वा गणतन्त्रलाई नेताले कमाइ खाने भांँडाेकाे रुपमा मात्र प्रयाेग गरिरहेकाे आक्राेश पाेख्नेहरु पनि थिए ।

काेराेनाका त्रासका कारण यसपालि गत सालकाे जस्ताे जनताकाे सहभागिता भने न्यून थियाे ।