इटहरीमा बजार अनुगमनसँगै बेइमान ब्यापारीहरुलाई कारबाही गरिँदै

  • ३० आश्विन २०७७, शुक्रबार

इटहरी उपमहानगरद्धारा खनारमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका समाग्री वेच्न राखेको पाइएको छ ।                                इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा खनार वजारका ८ वटा किराना पसल अनुगमन गरिएको छ । जसमध्ये चार वटा किराना पसलमा म्याद गुज्रिएका समान भेटिएको छ । एउटा पसलमा पेडा, मिट मसला,खाने तेल ध्यू, विस्कुट, वेसारको प्याकेट लगायत म्याद गुज्रिएको भेटिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भटटराईले वताउनुभयो ।                               गत साल अनुगमनका क्रममा पनि म्याद गुज्रिएका समान वेचविखन गरेको पाइएको विक्रम किराना पसलमा यसपाली पनि त्यस्तै पाइएकाले म्याद गुज्रिएका समान वरामद गरी सिल गरेको उपमेयर गौतमले वताउनुभयो ।                          अनुगमनपछि मूल्यसूची तथा साइनवोर्ड नभएकालाई तीन दिन भित्र राख्न निर्देशन दिइएको छ । ब्यवसाय नविकरण नगरेकाहरुलाई पाँच दिन भित्रमा गर्न भनिएको छ । इटहरीमा वजार अनुगमनलाई तिव्र, वनाइने नगरपालिकाले जनाएको छ ।