पुर्वमा सक्रिय बन्दै साझा पार्टी, सुन्दरहरैँचामा पनि बन्यो साझा युवा संगठन

  • २१ कार्तिक २०७७, शुक्रबार

साझा पार्टी आबद्ध साझा युवा संगठनको भेलाले सुन्दरहरैचा नगर कमिटी गठन गरेको  छ ।                                               बुधबार गोठगाउंँमा एक कार्यक्रमको आयोजना गरी सुन्दरहरैंचामा साझाले युवा संगठन विस्तार गरेको हो ।
श्याम बहादुर कार्की संयोजकत्वमा गठित युवा संगठनको समिति  ३६ सदस्यीय रहेको छ । समितिमा  रुद्र बहादुर मगर सह-संयोजक, सफल बास्कोटा सचिव, सरोज खतिवडा सहसचिव र पुजा गौत मकोषाध्यक्षमा चयन भएका छन् । त्यसैगरी   सुरेन्द्र बस्नेत संगठन विभाग प्रमुखमा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा पुजा सिग्देल, सरिता काफ्ले, दिनेश घिमिरे, ममता मंण्डल, गंगा लिम्बू , जमुना लिम्बू , निर्मल लुइँटेल , लक्ष्मण दाहाल, राम दाहाल, पंङ्कज खतिवडा , उद्दव कटुवाल, सुदिप भण्डारी,  ट्विङ्कल चौधरी , विकास न्यौपाने, शिशिर पौडेल, कुशल घिमिरे, यम घले, किशोर थापा , चेतन तिवारी , उद्द्व घिमिरे, वसन्त दाहाल, विनोद निरौला, राकेश कार्की , प्रकाश श्रेष्ठ, विनोद गिरि, सुमन श्रेष्ठ प्रेम खवास, सुदिप भट्टराई, अन्जन घिमिरे चयन भएका छन् । निरोज भट्टराईलाई सल्लाहकारमा चयन गरिएको छ ।

साझा युवा सङठन प्रदेश १ का संयोजक सरोज नेपालको अध्यक्षतामा भएको भेलामा प्रदेश समिती सदस्य मातृका घिमिरेले समिती घोषणा गरेका थिए  । संगठनका सुनसरी संयोजक राम गिरिले नयांँ कमिटीका सबैलाई माटोको टीका लगाएर स्वागत गरेका थिए ।  इटहरी उपमहानगर क्षेत्रमा पनि युवा संगठन बिस्तारको तयारी भइरहेको साझा युवा सङठन प्रदेश १ का संयोजक सरोज नेपालले बताए ।