अनलाइनबाट अर्डर लिएर सिन्धुलीका जुनार बेेेच्दै हिलटप सहकारी

  • ११ मंसिर २०७७, बिहीबार

अनलाइन मार्फत अर्डर लिएर सिन्धुलीका जुनार काठममाडाैंका घरघर पुर्याइने भएकाे छ ।

तीनकुनेस्थित हिलटप बहुउद्देश्यीय सहकारी र संस्थाले महाभारत क्षेत्रमा उत्पादित ‘ए’ ग्रेडका रसिला जुनार बिक्रीका लागि काठमाडौँ ल्याएको हाे । हिलटपकाे केन्द्रीय कार्यालयमा रहेकाे सहकारी पसलबाट जुनार बिक्री गर्ने छ ।

सहकारीका अध्यक्ष बासुदेव घिमिरेका अनुसार अनलाइनमार्फत अर्डर लिएर जुनार घरघर पुर्याइने छ । घरमै जनार मगाउन न्यूनतम १० किलो जुनार अर्डर गर्नुपर्ने छ। न्युनतम १० किलाे अर्डर गरे संस्थाले निःशुल्क ढुवानीको व्यवस्था मिलाउने छ । सहकारीले प्रतिकेजी एक सय रुपियाँमै जुनार घरघरमा पुर्याउने छ ।

सहकारीले पसलबाट सातामा सोमबार, बुधबार र शुक्रबार प्राङ्गारिक तरकारीसमेत उपलब्ध गराउने अध्यक्ष घिमिरेले जानकारी दिए ।