सहुलियतपुर्ण कर्जाका लागि बाणिज्य बैक र बेलबारी नगरपालिकाबीच सम्झौता

  • २९ मंसिर २०७७, सोमबार

बेलबारी नगरपालिकाले सहुलियतपूर्ण कर्जाको सहकार्यका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडसँग सम्झौता गरेको छ ।

बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुबेदी र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले नगरपालिकाले युवाहरुलाई बिना धितो २ प्रतिश ब्याजदरमा ५ लाख सम्म सहुलियतपुर्ण कर्जा दिने गरी कार्यक्रम अगाडि बढाएको छ ।

नगरपालिकाले यस अघिनै सहुलितपुर्ण कर्जाका लागि कार्यविधि बनाई सकेको छ । नगरपालिकाले उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समुहलाई परामर्श तथा उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने र तालिम प्राप्त उद्यमीरुको ५–५ जनाको समूह बनाई समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जा दिनका लागि बैंकलाई सिफारीस गर्ने छ । नगरपालिकाको सिफारीसपछि बैकहरुले सहुलियतपुर्ण कर्जा दिने छन् ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बेलबारी नगरापलिकाको कामको प्रशंसा गरेका छन । उनले अन्य स्थानियतहरुले समेत बेलबारीबाट केहि सिक्नुपर्ने बताए ।

नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले यस्ता कर्जाले नगरबासीको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षकै आधारभूत रुपमा विकास गर्न सघाउ पुग्ने धारणा व्यक्त गरेका छन् ।