नोबेलको ९ औं व्याचका डेढ सय विद्यार्थीले पुरा गरे एमबीबीएस

विद्यार्थीहरुलाई गरियो विदाई

  • ७ पुष २०७७, मंगलवार

बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययन पुरा गरेका विद्यार्थीलाई विदाई गरिएको छ । एमबीबीएस १० औं व्याचका विद्यार्थीले कार्यक्रम आयोजना गरी एमबीबीएस अध्ययन पुरा गरेका ९ औं व्याचका विद्यार्थीलाई विदाई गरेका हुन् ।

सन् २०१४ मा भर्ना भएर एमबीबीएस अध्ययन पुरा गरेका १ सय ५० जना विद्यार्थीहरुलाई खादा र मायाको चिनो प्रदान गरी विदाई गरिएको हो । सो अवसरमा बोल्दै नोेबेल मेडिकल कलेजका शैक्षिक कार्यक्रम संयोजक डिल्लीराम निरौला, सीटीईभीटीका कार्यक्रम निर्देशक कमल पराजुली लगायतले विदाई भएका विद्यार्थीहरुलाई उज्वल भविश्यको शुभकामना व्यक्त गरेका छन् ।

नोबेलमा एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, वीएनएस, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिनिस्ट, डिफार्म लगायत संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।