नेकपाको फुटसँगै धनकुटामा कांग्रेसतिर ढल्किन थाले मान्छेहरु

  • १० पुष २०७७, शुक्रबार

नेकपा तथा राप्रपाका सयौ कार्यकर्ता प्रवेशसँगै नेकपाको किल्ला रहेको धनकुटाको सहिदभूमी गाउंँपालिका क्षेत्रमा कांग्रेसको जनलहरु उर्लिन थालेको छ ।

हालै राप्रपा र नेकपा लगायत विभिन्न पार्टी परित्याग गरी १ सय १३ जना नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा   प्रवेश गरेका  छन् । कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापा, केन्द्रिय आमन्त्रीत सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला सभापति अग्नी प्रसाद पौडेल, प्रवेश नम्वर १ का सासद लिला सुब्बा, महासमिति सदस्य आनन्द सन्तोषी राई, उपसभापति नविन किशोर शाक्य ,जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, यूवा नेता कमट फागु, क्षेत्रिय सभापति जितेन्द्र राइ सहिदभूमी गाउपालिकाका सभापति तिर्थ राई लगायतका नेताहरुको उपस्थितमा उनीहरू कांग्रेेेस बनेका छन् ।
उनीहरूलाई  नेेेताहरुले अविरको टीका लगाइ दिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाले प्रतिनिधि सभा विघटनसंर्गैै मुलुकमा सवैधानिक संकट आएको वताए। नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठले कांग्रेस परिवर्तनको संवाहक भएको वताए । प्रदेश सभाका सदस्य लिला सुब्बाले समावेशीता र संघियताले देशको समृद्धी र विकास गर्ने वताइन् ।

नेपाली कांग्रेस सहिदभूमी गाउपालिकाका सभापति तिर्थ राईको अध्यक्षतमा सम्पन्न भएको पार्टी प्रवेश तथा क्रियाशिल सदस्यता फारम वितरण कार्यक्रममा महासमिति सदस्यहरु आनन्द सन्तोषी राई, घनेन्द्रराज श्रेष्ठ, उपसभापति नविन किशोर शाक्य, जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई , जिल्ला सदस्यहरु कमोट फागु, मोहन वान्तवा, नेपाल महिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, क्षेत्रिय सभापतिहरु जितेन्द्र राई, इन्दिरा थापा, छथरजोरपाटी गाउपालिका सभापति छत्र सुब्बा, नेपाल शिक्षक संघ प्रदेश १ का उपाध्यक्ष गंगाराम ढुंगाना, वडा सभापति श्याम राई, सचिव प्रदिव राई, नेपाल दलित संघका पालिका सभापति धन वहादुर परियार लगायतको पनि उपस्थिती थियो  ।
सहिदभूमी गाउपालिका राप्रपा र नेकपाबाट प्रवेश गर्नेहरुमा जाच वहादुर राई, दिपक राई, चन्द्रकुमारी राई, रुपा र्राइ, सोभितमान राई, भिम वहादुर विक, नमुना राई, देवमान राई , पल्टन राई, योगेन्द्र राई, भिम वहादुर राई, नर वहादुर कार्की, बामदेव राई, बाल कुमारी राई, झुमलाल गिरि, बालजंग राई, नविन राई, रोशन राई, पवित्रा राई, योगेन राई, तिल वहादुर राई, सिता राई, इमान राई, इसा राई, नमिता राई लगायत १ सय १३ जना नेपाली कांग्रेसमा प्रवेश गरेको  जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।

नेकपा र राप्रपाबाट सयौ नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेशसंर्गै धनकुटाको नेकपाको किल्लाको रुपमा रहेको सहिदभूमी गाउपालिकामा कांग्रेसको पक्षमा माहोल बढेको छ ।

कांग्रेसले गाउंँपालिका वडा नं. ६ का ७ जना जेष्ठ जेष्ठ नागरिकहरुलाई सम्मान पनि गरेेेको पार्टी सचिव रुद्र राईले वताए ।