मोसुको नवौं बार्षिकोत्सवमा आयोजित रक्तदानमा ४४ प्रिण्ट रगत संकलन

  • १२ पुष २०७७, आईतवार

‍मोरङ सुनसरी सेवा समाज नेपालको नवौं वार्षिक उत्सवको अवसरमा मोरङको बिराटचोकमा भएको रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन् ।

मोरङ सुनसरी सेवा समाज नेपाल,आत्मनिर्भर कृषि सहकारी र ट्रेड भिजन ईन्भेष्टमेन्ट प्रा. लि. को संयुक्त आयोजना तथा सुन्दरहरैंचा नगरपालिकाको सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।

‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नाराका साथ भएको रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र विराटनगरको प्राबिधिक सहयोगमा भएको हो । रक्तदान कार्यक्रममा ४४ पिन्ट रगत संकलन भएको मोरङ सुनसरी सेवा समाज नेपालका उपाध्यक्ष विबेक भट्टराईले बताए ।