धनकुटाको सवै पालिकामा कांग्रेसको शक्ति प्रर्दशन

  • ४ माघ २०७७, आईतवार

धनकुटाको हिले बजार लगायत जिल्लाका सवै पालिकामा नेपाली काग्रेसले असंवैधानिक कदम विरुद्ध  भव्य प्रर्दशन गरेको छ ।
नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिले सुन्दर तथा रमणीय हिले बजारको तोक्वा चौकबाट भव्य रुपमा ¥याली निकालेर हिले बजारको विभिन्न भागहरुको परिक्रमा गरी सोही स्थानमा आई सभामा परिणत भएको थियो ।
सभालाई नेपाली कांग्रेसका सहमहामन्त्री पूर्व मन्त्री सुनिल वहादुर थापाले सम्बोधन गर्दै लोकतन्त्र र संविधान संकटमा परेकाले अव कांग्रेस सडकमा आएको वताउनु भयो । उहाले लोकतन्त्र र संवधानको रक्षा कांग्रेसले मात्र गर्न सक्ने वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका सभापति रोशन श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,धनकुटा नगरपालिकाका पूर्व कार्यवहाक मेयर हेम वहादुर तामांग, जिल्ला सदस्यहरु रुकमान तामांग,जयन्द्र घिसिङ्ग,नगर सचिव सिताराम न्यौपाने,नेपाली कांग्रेस हिलेका नेताहरु भूपेन्द्र कटुवाल,शान्ति खड्का लगायतले लोकतन्त्रको स्थापना र संविधान कांग्रेसको नेतृत्वमा बनेकोले लोकतन्त्र र संविधानको माया कांग्रेसलाई भएको वताउनु भयो ।
यसैगरी असंवैधानिक कदमको विरुद्ध नेपाली कांग्रेस पालिका सभापति यम प्रकाश मगरको अध्यक्षामा धनकुटाको सागुरीगढीको भेडेटारमा भएको प्रर्दशन र सभामा नेपाली कांग्रेसका महासमिति सदस्य आनन्द सन्तोषी राई,जिल्ला सहसचिव सिता प्रधान,जिल्ला सदस्यहरु नेपाल धन राई,रमेश इवाहाङ्क,महोन वान्तवा,क्षेत्रिय सभापति जितेन्द्र राई,कोषाध्यक्ष निरुपा राई,नेपाल तरुण दल धनकुटाका वरिष्ठ उपाध्यक्ष धिरज साङ्वो ,नेपाल शिक्षक संघ धनकुटाका सचिव धन कुमार राई,वडा सभापति प्रकाश राई लगायतले अपराधिहरुलाई दण्डित गर्नका लागी नेपाली कांग्रेस जनता सामु आएको वताउनु भयो ।
यस्तैगरी धनकुटाको चौविसेको राजारानीमा नेपाली कांग्रेस चौविसेका सभापति बिजु राईको अध्यक्षमा भएको विरोध प्रर्दशन तथा सभामा नेपाली कांग्रेसका यूवा नेता कमट फागु,महासमिति सदस्य दुर्गा सुवेदी,जिल्ला सदस्य हर्कमान चेम्जोङ्क,नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना, पालिाका सचिव कमल वराल,वडा सभापति मेघ वहादुर थापा,नेविसंघका सविन अधिकारी लगायतले असंवैधानिक कदमको विरुद्ध कांग्रेस आन्दोलनमा आएको वताउनु भयो ।
धनकुटाको सहिदभुमीको पिप्लेमा नेपाली कांग्रेस सहिदभूमीका सभापति तिर्थ राईको अध्यक्षमा भएको विरोध प्रर्दशन तथा सभामा नेपाली कांग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्य,नेपाल शिक्षक संघका प्रदेश अर्थ महासचिव राम कुमारी भण्डारी,नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, महासमिति सदस्य रमेश राई, क्षेत्रिय सदस्य कमल कुमारी राई, सहसभापति लक्ष्मण राई, सचिव रुद्र राई, वडा सभापतिहरु श्याम राई ,भीमनाथ खड्का लगायतले देश रोईरहेको वेला निर्वाचन हुन नसक्ने वताउदै असंवैधानिक कदमको विरोध गर्नु भएको थियो ।
यस्तैगरी धनकुटाको महालक्ष्मी नगरपालिकाको जितपुरमा नेपाली कांग्रेसका पालिका सभापति ध्रुव राज रायको अध्यक्षतामा भएको विरोध सभा तथा प्रर्दशनमा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल,संविधान सभा सदस्य अञ्जनता ताम्ली,महासमिति सदस्य घनेन्द्रराज श्रेष्ठ,जिल्ला सदस्यहरु खेम पौडेल गोपाल चन्द्र थापा,पालिका सचिव परिर्वतन राज पौडेल लगायतले संसद पुर्नस्थापनाको माग गर्नु भएको थियो ।
यसैगरी धनकुटाकै छथरजोरपाटी गाउपालिकामा नेपाली कांग्रेस पालिका सभापति छत्र सुब्बाको अध्यक्षतामा भएको विरोध प्रर्दशन तथा सभामा नेपाली कांग्रेस धनकुटाका सचिव रविन्द्र नेपाली,जिल्ला सदस्यहरु ,विष्णु पौडेल,गिरिजा दाहाल,परिचालन समितिका संयोजक भिष्म गुरुङ्ग,पालिका सचिव गोविन्द्र लिम्बु लगायतले निर्वाचन भन्दा संविधानको रक्षा गर्न कांग्रेसको प्रमुख दायित्व भएको वताउनु भयो ।
धनकुटाको पाख्रिवासमा भने नेपाली काांग्रेस पाख्रिवास नगर कार्य समितिका सभापति कोपिन मानन्धरको हालै निधन भएकोले शोकका कारण कार्यक्रम नभएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।