माधबलाई ल्याएर धनकुटामा ठुलै बिरोधसभाको तयारी गर्दै नेकपा, सभा हेर्न जाने होइन ?

  • २८ माघ २०७७, बुधबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपाल विरोध सभालाई सम्बोधन गर्न आगामी फागुन १ गते धनकुटा आउने भएका छन्।

फागुन १ दिनको ११ बजेबाट धनकुटामा हुने विरोध सभा हुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते संसद विघटनपछि प्रचण्ड–नेपाल समूहले प्रतिगामी कदम भन्दै देशव्यापी विरोधसभा गरिरहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी धनकुटाले आयोजना गर्न लागेको विरोध सभाको तयारी गर्ने काम भइरहेको नेकपा धनकुटाका प्रचार विभाग प्रमुख अर्जुन राईले जानकारी दिए ।

विरोध सभामा पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल सहित पूर्वमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुन, प्रदेश १ का इन्चार्ज भीम आचार्य, सह इन्चार्ज सावित्रीकुमार काफ्ले, प्रदेश १ अध्यक्ष घनेन्द्र बस्नेत, सचिव सुरेश कुमार राई र केन्द्रिय सदस्य तथा धनकुटा इन्चार्ज हेमराज भण्डारीले सम्बोधन गर्ने प्रचार विभाग प्रमुख राईले जानकारी दिए ।