अमेरिका बस्ने गीतकार गोपाल लोहारको ‘नरहे यो जिन्दगी’ सार्वजनिक

  • ७ फाल्गुन २०७७, शुक्रबार



अमेरिकाको ओहायो राज्यमा बसोबास गरिरहेका गीतकार गोपाल लोहारको शब्दमा रहेको ‘नरहे यो जिन्दगी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा स्वर गंगा गजमेरको रहेको छ भने मानसी किरणको  संगीत र संगीत संयोजन रहेको छ। प्रेमिल शैलीको भिडियोमा रोशनी कार्की र सञ्जय  बिकको अभिनय रहेको छ।                       भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका हुन्।  भीमा लोहार निर्मात्री रहेको यस भिडियोलाई उत्तर राना मगरको सम्पादन र निर्देशनमा तयार पारिएको हो।
गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गायिका गजमेरले ‘स्वरादि’ गीति संग्रह, ‘फुलसरी माया फुल्यो’, ‘माया मोहनी’ लगायत थुप्रै म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेकी छिन् ।