बेलबारी नगरपालिकाको ७ औ नगरसभा सम्पन्न, दुई बिधेयक पारित

बैकल्पिक उर्जा उत्पादन गर्ने तयारी

  • २ चैत्र २०७७, सोमबार

‍बेलबारी नगरपालिकाको ७ औ नगरसभा सम्पन्न भएको छ ।

फागुन २९ गते शुरु भएको नगरसभा चैत २ गते सकिएको हो । नगरसभाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण बिधेक र सौर्यउर्जा प्रबर्धन बिधेयक पास गरेको छ । स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकारको संरक्षण गर्नका साथै प्राकृतिक स्रोतको समुचित उपयोग एवम दीगो व्यवस्थापन गर्नका लागि वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धि कानुन बनाइएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

यस्तै नगरसभाले आफनो नगरमा आफै बैकल्पिक उर्जा उत्पादन गर्ने गरी सौर्य उर्जा प्रबर्धन बिधेयक पास गरेको छ । बेलबारी नगरपालिकाले बैकल्पिक उर्जा उत्पादन गर्ने तयारी गरी रहेको छ ।

प्रकृतिमा निरन्तर रुपमा प्राप्त भईरहने र प्रयोगबाट न्युन बातावरणिय असर पर्ने भएकोले बैकल्पिक उर्जामा जोड दिएको नगर प्रमुख सुवेदीले बताए । बातावरणिय असर समेत नगर्ने भएपछि वैकल्पिक उर्जामा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले बताए ।