ढाका बुन्ने ब्यबशायतिर आकर्षित बन्दै बेलबारीका महिला, धमाधम तालिम दिँदै नगरपालिका

  • ६ चैत्र २०७७, शुक्रबार

महिलाहरुलाई उद्यमी बनाउने उदेश्यले मोरङको बेलबारी नगरपालिकाले ढाका बुन्ने तालिम दिन थालेको छ ।

वडा नम्बर ७ र ८ का ३० जना भन्दा वढी महिलाहरुलाई तालिम दिन थालेको हो । उत्पादनसँग जोडिएर महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न सिपमुलक तालिमहरु दिने गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

पाथिभरा सिप बिकास केन्द्रको प्राविधिक सहयोगमा भइरहेको तालिम तिन महिनासम्म संचालन हुनेछ । नगरपालिकाले केहि गर्छौ भन्नेहरुलाई प्राविधिक तथा आर्थिक सहयोग गर्दै  विभिन्न उपकरण समेत दिने गरेको नगर प्रमुख सुवेदीको भनाई छ ।

उद्यमीले उत्पादन गरेका बस्तुहरुको बजारीकरण समेत नगरपालिकाले गरिदिने मेयर सुवेदीले बताए ।

आफनै घरमा बसेर नै मालिक हुने सपना देखेर नगरमा आउनेहलाई नगरपालिकाले सहयोग गर्ने उनले बताए । नगरपालिकाले दिएको तालिम लिएर धेरै महिलाहरु उद्यमी बनिरहेका छन । वडा नम्बर ३ मा मात्रै ५० जना भन्दा वढी महिलाहरु ढाका कपडा बुनेर राम्रो आम्दानी गरीरहेको नगरपालिकाले जनाएको छ  ।