पूर्वउपराष्ट्रपति परमानन्द झाले केएमसीमा गराए पित्तथैलीको शल्यक्रिया

  • १५ चैत्र २०७७, आईतवार

‍ सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पूर्वउपराष्ट्रपति परमानन्द झाको पित्तथैलीको सफल शल्यक्रिया गरिएको छ ।

बुधबार ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी पूर्वउपराष्ट्रपति झाको पित्तथैलीको पथरीया निकालिएको काठमाडौं मेडिकल कलेजले जनाएको छ ।

पथरीयाको समस्याले सताएपछि चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया गराउँन पूर्वउपराष्ट्रपति झा मंगलबार केएमसी भर्ना भएका थिए ।

केएमसीका बरिष्ठ सर्जन प्रा.डा.सुमन श्रेष्ठ, डा.प्रविन थापा, डा.युगल लिम्बू, डा.विशाल थापा लगायत चिकित्सकहरुको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेर पित्तथैलीसहित त्यहाँ भएको पथरिया निकालेको हो ।

शल्यक्रियापश्चात झाको स्वास्थ्य अवस्था सामान्य रहेको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

पूर्वी नेपालमा प्रतिष्ठित नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि अहिले स्वास्थ्य उपचार र चिकित्सा शिक्षामा केएमसीले फड्को मार्न थालेको छ ।