कुमारी बैंकको बार्षिकोत्सवमा केएमसीको स्वास्थ्य शिविर, १६ सय विरामी लाभान्वित

  • २२ चैत्र २०७७, आईतवार

कुमारी बैंकको २० औं बार्षिकोत्सवको अवसर पाँचपोखरी थाङ्पाल गाउँपालिका र काठमाडौं मेडिकल कलेजको सहकार्यमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–६ मा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ६ सय भन्दा बढी विरामी लाभान्वित भएका छन् ।

स्थानीय थाङ्पाल माध्यमिक विद्यालयमा आयोजित शिविरमा १ हजार ६ सय ४४ जना विरामीको निःशुल्क उपचार गरिएको काठमाडौं मेडिकल कलेजका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा २ सय ६४ जनाको भिडियो एक्सरे, २ सय ९ जनाको ल्याब टेष्ट र १ सय ९८ जनाको इसीजी गरिएको छ । त्यस्तै, ६४ जनाको दाँत फुकालिएको आयोजकले जनाएको छ ।