मानवसेवा आश्रममा असहायसँग खड्का र रिजालले मनाए जन्मदिन र नयाँ बर्ष

सिग्देल, खड्का र दाहाल परिवारले गराए सामुहिक भोजन

  • २ बैशाख २०७८, बिहीबार

विराटनगर निवासी शुसिला खड्का भट्टराईले आफ्नो जन्मदिन
र शान्ता रिजालले नयाँ बर्ष मानवसेवा आश्रम बिराटनगरको संरक्षणमा रहेका सडक आश्रित मानिसहरुसँग मनाएका छन् ।

बिशेष गरि सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्दै आइरहेका बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर सडकआश्रित मानिसहरुसँग भट्टराईले जन्मदिन र रिजालले नयाँ बर्ष मनाएका हुन् ।  मानवसेवा आश्रमले बैदेशिक दातृ निकायको सर्त सहितको सहयोग स्वीकार नगर्ने आदर्श सहित सन्चालन हुँदै आएको छ ।

जन्मदिनको अवसरमा आश्रमका गरिमा लक्ष्मीनारायणहरुसंग रमाउन पाउँदा खुसी लागेको भट्टराईले बताइन । “घरमा नै बसेर दुई चार जना परिवारको बिचमा रहेर केक काटेर मनाउनु भन्दा सहयोग गरेर ठुलो परिवारमा मनाउन पाउँदा खुसी लागेको छ ।” भट्टराईले भनिन् ।

त्यस्तै रिजालले पर्वहरु मनाउन मानवसेवा आश्रममा आउँदा त्यहाँको वातारवरणले सबैलाई भाबुक बनाउने बताइन् । आफ्नै परिवारका सदस्यले तिरस्कृत गरेर सडकमा पुगेका मनोरोगी व्यक्तिहरुलाई यसरी सेवा गर्नु कठिन रहेको उनले बताइन् ।

बेसहाराहरुलाइ सहयोग‍‍ गर्दै विभिन्न ब्यक्ति तथा संघ संस्था
त्यसो त आश्रममा रहेका मानिसहरुका लागि विभिन्न ब्यक्ति तथा संघ संस्थाहरुले सहयोग गर्ने गरेका छन् ।

विराटनगर निवासी अञ्जना फर्निचर उद्योगका सञ्चालक एवं मानवसेवा आश्रम विराटनगरका अभिभावक अनुप सिग्देलले मानवसेवा आश्रममा भोजन गराएका छन् ।

सडकआश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमलाई सिग्देल परिवारले आश्रमको विराटनगर ठुलो मिलचोकमा रहेको सेवा केन्द्रमा भोजनसेवा गराएका छन्  ।

भोजन गराउनका लागि अनुप सिग्देलका बुवा राधेश्याम सिग्देल, आमा कुमारी सिग्देल, श्रमिती मेनुका सिग्देल, छोरा सौर्य सिग्देल, छोरी स्लोका सिग्देल लगायत परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।

सिग्देलले मानवसेवा आश्रमको गरिमा बढाइरहेकी छोरी सुम्निमाको पनि शिक्षाको जिम्मेवारी लिएका छन् । छोरीलाई उनको मनोरोगी आमासँगै बेवारिसे अवस्थामा सडक जीवन बिताइरहेको ६ महिनाको उमेरमा भोजपुर जिल्लाबाट उद्धार गरिएको हो ।

त्यस्तै  मानवसेवा आश्रमलाई निरन्तर सहयोग गर्दै आएका गोपाल मोटर्सका सञ्चालक प्रविण खड्काले मानवसेवा आश्रममा एक छाक भोजन गराएका छन् ।

निरन्तर मानवसेवा आश्रमको मानवीय सेवामा तन, मन र धनको त्रिवेणीबाट साथ, सहयोग र अभिभावकत्व प्रदान गर्दै आएका खड्कासँगै आश्रममा उनको धर्मपत्नी सञ्जु खड्का, भाइ प्रदीप खड्का, बुहारी विनिता खड्का, छोरी मन्दिका खड्का, छोरी तेजस्वी खड्का र फुफ दिदी शुशिला खड्काको उपस्थिती रहेको थियो ।

सद्गुरु कवीर साहेबका अनुयायी खड्का परिवारले कवीर साहेबको पथमा सेवामा हिँड्दै गर्दा मानवसेवा आश्रमसँग भेट भएको र सेवालाई वास्तविक रुपमा अनुभव गर्ने अवसर प्रदान गरेको भाई प्रदीप खड्काले बताए ।

त्यसैगरी  मानवसेवा आश्रमका अभिभावक एवं विराटनगर महानगरपालिका सामुदायिक विकास शाखाका प्रमुख पुनमकुमार दाहालले मानवसेवा आश्रममा एक छाक भोजन सहयोग गरेका छन्  ।

मानवसेवा आश्रमको सेवालाई प्रदेश नं. १ को सुरुवाती अवस्था देखि नै संस्थागत तथा व्यक्तिगत रुपमा निरन्तर सहयोग गर्दै आएका पुनमकुमार दाहालको साथमा उनकी धर्मपत्नी झुमा दाहाल र छोरा आयुष दाहाल पनि सहभागी थिए ।

मानवीय सेवामा यसरी सहभागी भई सडकपेटीमा रहेका आमाबुवाहरुसँग एउटै छानामुनी सँगै बसेर भोजन गर्दा आफू प्रशन्न भएको दाहालले बताए  ।

विराटनगर महानगरपालिकाको सामाजिक विकास शाखामा रहेर सेवा गर्दा धेरै एन.जि.ओ र आइ.एन.जि.ओ को बारे नजिकबाट ज्ञान प्राप्त गरेको र यस किसिमको संस्था नेपालमा नै पहिलो रहेको उनले बताए ।
हाम्रो अभियान परिवारद्वारा आश्रमको अवलोकन

हाम्रो अभियान परिवार विराटनगरले मानवसेवा आश्रम प्रदेश नं. १ को विराटनगर तिनटोलिया सेवा केन्द्रको अवलोकन गरेको छ ।

सामाजिक क्षेत्रमा सक्रिय रहेका वासिम आलमको नेतृत्वमा विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको हाम्रो अभियानले मानवसेवा आश्रमको अवलोकान गरेको हो ।

हाम्रो अभियानले मानवसेवा आश्रमले सञ्चालन गरेको मेची महाकाली यात्रा सहित विभिन्न समयमा न्यानो कपडा अभियान, सडकमा नै खाना बाड्ने अभियान लगायतका अभियानहरु सञ्चालन गर्दै आएको छ ।